विद्यालय जिर्ण हुँदा भवन नहुँदा पठनपाठनमा समस्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ जेष्ठ २०७३, मंगलवार १२:३१

सम्राट सिंह/
बझाङ २५ जेठ । विकट हिमाली जिल्ला बझाङको स्याडी गाविस ७ बित्थडमा अवस्थित कालिका बाल ज्योती प्राथमिक विद्यालय को भवन जिर्ण हुँदा पठनपाठनमा समस्या हुने गरेको छ । २०६६ सालमा स्थापना भएको उक्त विद्यालयमा हालसम्म भवन निर्माणको कोटा नपर्दा पठनपाठनमा समस्या भएको हो ।pic
भवन आवश्यक विद्यालयको पहिचान गरी जिल्ला शिक्षा कार्यालयले विद्यालय भवनका कोटा बितरण गर्नुको सट्टा कमिसन र राजनिति पहुँचका आधारमा बितरण गर्दा आफ्नो विद्यालयमा हालसम्म भवन निर्माण नपरेको पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बोहोराले बताए ।
७४ छात्र र ६१ छात्रा गरी १ सय ३५ जना विद्यार्थी भएको उक्त विद्यालयमा टिनले छाएको टहरा मा विद्यार्थीहरु अध्ययन गरीरहेका छन ।
जिल्लाका राजनितिक दल तथा जिल्ला शिक्षा अधिकारीले भवन कोटा दिने आश्वासन मात्र दिने गरेको तर हाल सम्म सामान्य मर्मत पनि विद्यालयलाई सुविधा नदिएको स्थानिय बासिन्दाको गुनासो छ ।
जेठ १६ गते आएको हुरीले यस विद्यालयका जस्तापाताहरु उडाएपछि हाल सामान्य मर्मत गरी विद्यार्थीहरुलाई अध्यापन गराइदै छ ।
विद्यालय भवन को पटक पटक माग गर्दा पनि जिल्ला शिक्षा कार्यालयले सुनुवाई नगरेको कालिका बाल ज्योती प्राथमिक विद्यालयका प्रधानाध्यापक माधव प्रसाद पन्तले बताए । उनले भने जिल्ला शिक्षा कार्यालयबाट बितरण हुने विद्यालय भवन कोटा मा पार्टीका भागबण्डा हुँदा पहुच भएको विद्यालयहरुले मात्र भवनका कोटा पाउने गरेका छन ।
जिल्ला शिक्षा कार्यालयबाट १ जना मात्र शिक्षक दरबन्दी रहेको उक्त विद्यालयमा ३ जना निजि स्रोतबाट अध्यापन गराउँदै आएका छन ।
यता जिल्ला शिक्षा अधिकारी मदन थापाले विद्यालय अवस्था आफुले अनुगमन गरेको यसबर्ष भवनको लागि पहल गर्ने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१