अब कक्षा १२ मा एसएलसी !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७३, आईतवार ०८:२६

SLC resultकाठमाडौं २३ जेठ । झण्डै दश वर्षपछि शिक्षा ऐन संशोधनको विधेयक संसदबाट पारित भएको छ । धेरै पटकको प्रयासपछि विधेयक संसदबाट पारित भएको हो ।

विधेयक पारित भएसँगै कक्षा एकदेखि आठसम्म आधारभुत र नौदेखि १२ सम्मलाई माध्यमिक तह बनाइएको छ । विद्यालय संरचनाले कानुनी मान्यता पाएसँगै अब राष्ट्रिय परीक्षा बोर्ड गठन हुने र त्यसले विद्यालय तहको अन्तिम परीक्षा ९एसएलसी० कक्षा १२ पछिमात्र लिने छ । अहिलेसम्म कक्षा १० पढेपछि एसएलसी परी लिने गरिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा। हरिप्रसाद लम्सालले ऐनमा लालमोहर लागेपछि ऐन कार्यान्वयनको प्रक्रिया जाने बताए ।

शिक्षा विधेयक पारित भएपछि अब उच्च माध्यमिक शिक्षा परिषद रहने छैन । माध्यमिक शिक्षा परीक्षाको सञ्चालन, समन्वय र व्यवस्थापन गर्न एक राष्ट्रिय परीक्षा बोर्ड रहनेछ ।

उच्च माध्यमिक शिक्षा ऐन, २०४६ बमोजिमको उच्च माध्यमिक शिक्षा परिषद्बाट भए गरेका काम कारबाही बोर्डबाट भए गरेको मानिने संशोधनमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१