यस्तो थियो मुकेश अम्बानीको कलेज लाइफ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ जेष्ठ २०७३, सोमबार ०५:१७

mukeshकलेजमा हुने विभिन्न घटनाले मानिसलाई पछिसम्म पनि नोस्टाल्जिक बनाउँछन् । कतिले त कलेज जीवनलाई ‘गोल्डेन लाइफ’समेत भन्छन् । कलेज जीवनमै कतिले जीवनका लागि सबैभन्दा ठूलो शिक्षा पाउँछन् त, कतिले जीवनसाथी पनि । यस्तै भएको थियो, अर्बपति मुकेश अम्बानीको जीवनमा पनि । उनी कलेज जीवनमा अत्यन्त होसियार थिए । उनले कलेजमा पढाइमा धेरै ध्यान दिएनन्, केही नयाँ कुरा सिक्नमा दिए । उनले न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘मैले बुबाबाट यो गुण पाएको थिएँ । म पढाइलाई भन्दा केही नयाँ कुरा सिक्न सधैँ तयार हुन्थेँ ।’ सायद, यही कारण हुनुपर्छ, उनले आवश्यकता पर्नेबित्तिकै पढाइलाई छाडेर रिलायन्सको कारोबार सम्हाल्न थाल्थे । मुकेश अम्बानीले स्कुलको पढाइ सकेपछि रिलायन्सको विमल ब्रान्ड सम्हाल्न थाल्नेछन् भन्ने अनुमान थियो । त्यसो त उनको परिवारले उनलाई टेक्सटाइल इन्जिनियरिङ पढ्लान् भन्ने पनि सोच्थ्यो । तर, उनले टेक्सटाइल होइन, केमिकल इन्जिनियरिङ पढ्ने निर्णय लिए । स्टानफोर्ड कलेजमा पढेका मुकेश अध्ययन सकिएपछि विश्व बैंकमा काम गर्न चाहन्थे । तर, उनलाई बाबु धिरुभाइले रिलायन्समै आउन जोड दिए । फलस्वरूपस् मुकेश रिलायन्समा जोडिए । मुकेशले आफ्नो अन्तर्वार्तामा भनेका छन्, ‘कलेजमा मैले अरू सबै रमाइलो गरेँ, सिकेँ पनि । तर, मेरो कोही गर्लफ्रेन्ड थिएन ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०