ग्रेडिङले एसएलसीको नतिजा निकाल्न धौधौ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७३, शुक्रबार ०७:५९

काठमाडौं १४ जेठ  । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले प्रवेशिका परीक्षा एसएलसीको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको छ ।slc

यद्यपि, लेटर ग्रेडिङ प्रणालीका कारण परीक्षाफल प्रकाशन गर्न कठिनाइ भइरहेको पनिकाले जनाएको आजको कारोबार दैनिकमा समाचार छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षाफल प्रकाशनमा ग्रेडिङ प्रणलीका कारण यस वर्ष केही कठिनाइ देखिएको छ । यस वर्षदेखि कार्कसिट होइन, ग्रेडिङअनुसार सबै विषयको ग्रेड निर्धारण गर्नुपर्ने भएकाले प्राविधिक कठिनाइ आएको परीक्षा नियन्त्रक काप्रीले बताए ।

त्यही भएर परीक्षाफल कसरी सार्वजनिक गर्ने भन्ने टुंगो लागिनसकेको उनको भनाइ छ । विषयअनुसार प्राप्ताङकका आधारमा छुट्टाछुट्टै ग्रेडिङ गर्नुपर्ने भएकाले परीक्षफ प्रकाशनमा कठिनाइ भएको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१