वरिष्ठ अभिनेता नीर शाहलाई हृदयघात

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ असार २०७१, सोमबार ०६:०६

काठमाडौं,१६ असार  । वरिष्ठ अभिनेता नीर शाहलाई हृदयघात भएको छ । शनिबार साँझ घरमा बसीरहेको अवस्थामा शाहलाई अकस्मात हृदयघात भएको हो ।image

शाहको अहिले बाँसबारीस्थित सहिद गंगालाल हृदयरोक निबारण केन्द्रमा सिसियू कक्षमा उपचार भइरहेको उनको पारिवारीका स्रोतले जनाएको छ ।

शनिबार राती एक्कासी मुटु दुख्न थालेपछि बुढानिलकण्ठ निवासबाट शाहलाई गंगालाल अस्पतालसम्म लगिएको थियो ।

शाहको उपचार कक्षमा कसैलाई पनि प्रवेश नदिइएकोले उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त भएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१