स्वर्गीय नेता गोपालराज पहाडीको नाममा स्मारिका प्रकाशन गरिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ असार २०७१, सोमबार ०५:३७

टंक बिक/योगी योगेन्द्र,संखुवासभा  १६  असार ।
 संखुवासभा नेपाली कांग्रेस संखुवासभाका संस्थापक जिल्ला सभापति एवं लामो समयसम्म नेपाली काँग्रेस केन्द्रीय सदस्य समेत र हनुभएका स्वर्गीय नेता गोपालराज पहाडीको संझनामा स्मारिका प्रकाशन गर्न एक समिति चयन भएको छ । 3235गत वर्षको भाद्र ३ गते स्व पहाडीको ६८ वर्षको उमेरमा काठमाण्डौको सिनामंगल स्थित एक अस्पतालमा असामहिक निधन भएको स्मरण गर्दै नेता पहाडीले पार्टिमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै स्व गोपाल पहाडीको नाममा स्मारीका प्रकाशन गर्न शुशिलराज दाहालको संयोजकत्वमा ७ सदस्यीय संपादक मण्डल गठन गरिएको छ । सम्पादन मण्डलको सदस्यहरुमा दिपनकुमार रेष्ठ, थीरबहादुर राई , योगेन्द्र विजय दाहाल, चक्रबहादुर गुरुङ्ग, डेगराज बस्नेत,लगायत सदस्यहरु चयन गरिएको छ । यो समितिले नेपाली काँग्रेसमा पहाडीले पु¥याएको योगदानको वारेमा वहाँका समकक्षीय केन्द्रीय नेताहरुदेखि जिल्ला, गाँउ, टोलसम्म रहनु हुने वहाँका शुभचिन्तकहरुको लेख संकलन गरी नेपाली काँग्रेस सखुवासभाका पार्टीका अग्रज नेताहरु, सभासदहरु पूर्व सांसदहरु,लगायत संपूर्ण पक्षहरु सँग समन्वय गरी स्मारीका प्रकाशनको तयारी गरिने प्रकाशन समितिका एक सदस्य थीरबहादुर राईले जनाएका छन् । चुस्त सेवा प्रदान गर्न काँग्रेसको प्रजिअलाई संखुवासभा जिल्लाको चैनपुर नगरपालीकाको एक होटलमा शुक्रवार आयोजित अनौपचारीक भेटघाट कार्यक्रमको अवसरमा नेपाली काँग्रेस संखुवासभाले प्रजिअ सहितको टोलिलाई जनताको काममा ढिलासुस्ती नगर्न अनुरोध गरेको छ । जिल्ला भ्रमणको क्रममा संखुवासभाको चैनपुर नगरपालीका आइपुगेका सरकारी कार्यालय प्रमुखहरु र चैनपुर स्थित उपलब्ध सरकारी कार्यालय प्रमुखहरु सहितको एक चियापान समारोह कार्यक्रममा नेपाली काँग्रेस संखुवासभाका कार्यवहाक सभापति कुमारबाबु अधिकारी महासमिति सदस्यहरु शंकरमान कँडेल, रामबहादुर वस्नेत, पूर्वशिक्षक सघ जिल्ला अध्यक्ष चहकबहादुर भण्डारी सहितको नेताहरुले जिल्ला न्यायधिस टिकाराम आचार्य, प्रजिअ नन्दीकेशर त्रिपाठी, स्थानीय विकास अधिकारी कृष्णप्रसाद धिताल, प्रहरी नायव उपरीक्षक कमल थापा, प्रहरी नायव उपरीक्षक अरुण गुल्मका गुल्मपती अर्जुन थापा, लगायत सरकारी कार्यालय प्रमुखहरुलाई जिल्लाका विकास निर्माण र जनताले सरकारी कार्यालयहरुवाट पाउने सेवासुविधा चुस्त र द्रुत गतिमा गर्न सो कार्यक्रममा काँग्रेसले आग्रह गरेको छ । यसै अवसरमा प्रजिअ त्रिपाठीले जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयहरुलाई काममा ढिला सुस्ती नगर्न र जिल्लाका विकास निर्माणका पक्षमा हमेसा काम गर्न आफू लागि पर्ने वताएका थिए । अहिले सदरमुकाम खाँदवारी र चैनपुरलाई सडकले अत्यन्तै नजिक बनाएको हुँदा आफुले सबै सरकारी कार्यलयहरुको काम कार्यवाहीको शुष्म अवलोकन गर्दै जनताका पक्षमा संखुवासभा जिल्लाका सम्पूर्ण कर्मचारीहरु एक जुट भएर लाग्ने हुँदा सो वातावरण निर्माणका लागि दलहरुको सहयोगको आवश्यक रहेको  त्रिपाठीले बताएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०