विद्यार्थी निजि विद्यालयमा,सामुदायिक विद्यालय बन्द

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७१, शुक्रबार ११:५१

सम्राट सिंह
बझाङ १३ असार । जिल्लाको मटेला गाविस ९ मा रहेको जनज्योती सामुदायिक प्राथमिक विद्यालयका सम्पुर्ण विद्यार्थी निजि विद्यालयमा भर्ना भएपछि सामुदायिक विद्यालय बन्द भएको छ ।
सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा नभएको भन्दै अभिभावकले आफ्ना बालबच्चालाई गाउँमै रहेको निजि विद्यालय रोज ग्लोेरी ईङलिस बोडिङ्ग स्कूल र सिटी बोडिङ्ग स्कूल भर्ना गरेपछि सामुदायिक विद्यालय बन्द भएको हो ।
२०५८ सालमा स्थापना भएको उक्त विद्यालयमा १ सय पचास जना विद्यार्थी र ४ जना शिक्षक रहेका थिए ।
हामीले नियमित विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका थियौ ,अभिभावकहरुले आफ्ना बालबच्चालाई निजि विद्यालय पठाएपछि सामुदायिक विद्यालय बन्द भएको जनज्योती सामुदायिक प्राथमिक विद्यालयका निर्वतमान प्रअ कमला भण्डारीले बताईन ।
जिल्लामा छ्यापछ्याप्ती अवैध रुपमा निजि विद्यालय खोलिन थालेपछि जनज्योती विद्यालय मात्र नभएर जिल्लाका अन्य सामुदायिक विद्यालय पनि बन्द हुने अवस्थामा रहेका छन ।
जिल्लामा २३ वटा निजि विद्यालय अनुमती पाएका भएपनि ६० वटा निजि विद्यालय अवैध रुपमा संञ्चालन भएका जिल्ला प्याप्सन कार्यालय बझाङले जनाएको छ ।
सामुदायिक विद्यालय नजिकै धमाधम अवैध रुपमा निजि विद्यालय खोल्ने क्रम बढ्दो भएका कारण सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेको प्याप्सनका केन्द्रिय सदस्य शिक्षाप्रेमी जोशीले बताए ।
बालबच्चालाई गुणस्तरीय शिक्षा निजि विद्यालयबाट प्राप्त हुने अभिभावकहरुको बुझाइका कारण निजि विद्यालयमा पठाउने गरेको जिल्ला शिक्षा अधिकारी मोतिलाल शर्माले बताए । हाल जिल्लामा हाल निजि र सामुदायिक विद्यालय गरी ४ सय ६७ विद्यालय रहेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१