अण्डाले पुरुषमा यौन क्षमतामा वृद्धि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७१, शुक्रबार ०७:४०

अण्डा शाकाहारी खानेकुरा हो की मांशाहारी रु यो विषयको विवाद कहिल्यै टुंगिनेछैन । तर अण्डा लाभदायी हुन्छ र निकै पोषक हुन्छ भन्ने कुरामा भने विवाद गर्ने ठाउँ छैन । अण्डामा हुने पोषक तत्वहरुले सरीरको पोषणको आवश्यकता पूरा गर्नमा ठूलो सहयोग गर्छ ।egg

पुरुषको हकमा सरीरमा पुरुष हर्मोनको कमी हुँदा त्यसले शारीरिक विकाशमा समेत बाधा पूराउँछ । यस्तो यौनिक हर्मोनले पुरुषमा यौन क्षमता तथा यौन लक्षणको विकाश गर्ने कामका साथै रक्तसंचार , मांशपेशीको विकाश तथा मानवीय संवेदना तथा स्मृती लगायतका विषयमा पनि प्रभाव पार्छ ।
पुरुषमा यौन हर्मोन अर्थात् टेस्टेस्टेरोनको मात्रा सन्तुलित गर्नका लागि अण्डाको सेवन निकै लाभदायी सावित हुन्छ ।
पोषणविज्ञहरुका अनुसार बिहानको खाजामा उच्च प्रोटिन युक्त अण्डा सेवन गर्नु निकै लाभप्रद हुन्छ । अण्डा सँगै हरियो सागपातको सेवन गर्नुपर्छ । बिहानको खाजामा प्रोटिनको भोजनले पुरुषमा यौन क्षमतामा वृद्धि गर्छ जबकी कार्बोहाइड्रटयुक्त बिहानी खाजाले पुरुषमा यौन हर्मोनमा कमी ल्याउँछ ।
गएको वर्ष बेलायतमा गरिएको एक अध्ययन अनुसार फ्राइ अण्डा खाने पुरुषको यौन क्षमता बढि हुन्छ । अध्ययन अनुसार अण्डाको भुजिया खाने मान्छे दोश्रो व्यक्तिप्रति बढि लगाव राख्ने खालको हुन्छ भने अमलेद खाने मान्छे अनुशासित हुन्छ । अण्डाको भोजनले मोटोपन कम गर्न समेत सहयोग गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१