एस्एलसीमा जिल्ला प्रथम हुनेलाई नगत सहित सम्मान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ असार २०७१, शुक्रबार ०७:३२

योगी योगेन्द्र/टंक बिक, संखुवासभा,१३ असार ।
२०७० सालको एस्एलसीमा संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारी स्थित श्री हिमालय उच्च माविबाट प्रथम हुने एकजनालाई ५० हजार नगत सहित सम्मान गरिएको छ । खाँदबारी नगरपालिका एकका प्रवेश श्रेष्ठलाई हिजो बिहिबार कार्यक्रमको आयोजना गरी चेक हस्तान्तरण गरिएको छ । 1459989_525868320843411_785714260_nसो रकम हिमालय माविबाट २०४३ सालमा एलएलसी दिएका विद्यार्थीहरुले संकलन गरेर ५० हजार नगत श्रेष्ठलाई उपलब्ध गराएका हुन् । नगत ५० हजार प्रवेशका बाबु आमालाई एक कार्यक्रम बिच जिल्ला शिक्षा अधिकारी वीरबहादुर खड्काले हस्तान्तरण गर्नुभयो । ५० हजारको चेक बुझ्दै प्रवेशका बुबा भने यो रकम छोराको उच्च शिक्षाका लागि खर्च गर्ने बताए । श्रेष्ठले २०७० सालको एस्एलसीमा सामुदायिक विद्यालय तर्फ ८३ दशमलव ३७ प्रतिशत अंक ल्याएर जिल्ला प्रथम भएका थिए । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१