गजल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ असार २०७१, बिहीबार १७:१६

“चिन्नै पर्यो अब ”10154356_692840530779730_3927767407482356505_n (1)

डा.गोपाल पौड्याल ‘मण्डने’ लण्डन युके

जबर्जस्ति यि नेतालाइ चिन्नै पर्यो अब ।

कालो मुख छेक्ने चश्मा किन्नै पर्यो अब ।

हिमाल,पहाड,खानि,खोला सब बेचेर खाछन,

यि पापीका कपालका रौं गिन्नै पर्यो अब ।

उत्पात र दानाबता जन्मथलो यिनको,

यि  पापी लाई घट्ट चलाई पिन्नै पर्यो अब ।

देशै सखाप पर्दा पनि यिनलाई अपुगभा’छ,

जनताहो हिसाब किताब छिन्नै पर्यो अब ।

जनता भन्दा नेता धेरै चुली माथि चढे,

झोली बोकी जनता खोज्न हिन्नै पर्यो अब ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१