फ्रुटीमा मरेको झिङ्गा भेटियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ असार २०७१, बिहीबार १४:०७

दाङ, १२ असार, हामीले दैनिक चिसोको रुपमा खाने फ्रुटीमा मरेको झिङ्गा फेला परेको छ । दाङको मानपुर ७ हेमन्तापुरको एक होटेलमा बिक्री गरिएको फ्रुटी जुसमा झिङगा फेला परेको हो । जय अम्बे होटेल एण्ड नास्ता पसलमा स्थानीय रेशम बस्नेतले किनेर खाइ रहेको समयमा सडेको झिङ्गा फेला पारेपछि इलाका प्रशासनलाई जानकारी गराइएको थियो ।Frooti-Tetra-Pack-200-ml

उक्त फ्रुटीलाई अनुसन्धानका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण जिल्ला शाखामा पठाइएको छ । ३० रुपैयाँ पर्ने २५० मिली लिटरको जुसको बोतलमा झिङ्गा भेटिएपछि विभागमा जाँच गरी आएको रिपोर्टका आधारमा कारवाही प्रक्रिया अगाडि बढाइने इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञबहादुर बुढाले जानकारी दिनुभयो ।

– See more at: http://aajakokhabar.com/news_details.php?news=8513#sthash.ZmkZ8fFm.hRTAWlNE.dpuf

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१