कक्षा ६ मा पढ्ने बालिका गर्भवती भए पछी होटल सञ्चालक पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ असार २०७१, बिहीबार १०:२६

बुटवल,१२ असार  । बालिकामाथि यौनशोषण गरेको आरोपमा रुपन्देही बुटवलका एक होटल ब्यवसायी पक्राउ परेका छन् ।

आफ्नै होटलमा काम गर्ने १४ वर्षकी बालिकालाई यौन शोषण गरेको आरोपमा प्रदीप होटलका सञ्चालक ५३ वर्षका लेखनाथ भण्डारीलाई पक्रेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।Screen-Shot

बुटवलको एक विद्यालयमा कक्षा ६ मा पढ्ने बालिकासँग शिक्षिकाले सोधखोज गर्दा आफु गर्भवती भएको बताएपछि घटना सार्वजनिक भएको हो ।

भण्डारीले पनि यौनशोषणको आरोप स्वीकार गरेका प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको बुटवलका डिएसपी दिनेश आचार्यले बताउनुभयो ।

छोरीको रुपमा पालनपोषण गर्ने र पढाइदिने भन्दै भण्डारीले ७ वर्षको उमेरमा ती बालिकालाई गुल्मीबाट बुटवल ल्याएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१