नयाँ नयाँ तरिकाले बैबाहिक जिबनमा बाधिदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ असार २०७१, बिहीबार ०६:२७

कल्पना दंगाल ,काठमाडौ । नयाँ नयाँ तरिकाले विविध उत्सवहरु मनाउने प्रचलन बढ्दो छ ।DSC00193DSC00183DSC00240DSC00165 कोहि वृद्धाश्रम तथा बालआश्रममा गएर जन्मदिन मनाउने गर्दछन् त कोहि शैक्षिक तथा अत्यावश्यकिय सामग्री गरिव गुरुवामा दान गर्दछन् । DSC00154यस्तै काठमाडौ कोटेश्वरका एक जोडिले बुधबार तुलसीको विरुवा सारेर स्वयम्बर गरेका छन् ।DSC00226 तुलसीलाई हिन्दुधर्मावलम्विहरुले भगवान विष्णुका रुपमा पुज्ने गरेका छन् । DSC00189पवित्र कार्यमा पवित्र तुलसीको वृक्षरोपण गरेका हुन् वरिष्ठ कृषिविद् शिव अधिकारीकी पुत्री श्रीया अधिकारी तथा उनका हुनेवाला श्रीमानले
दलहीका पिता अधिकारी लामो समयदेखि नेपालमा कृषि नमुना गाउँ निर्माणका लागी संघर्षरत हुनुहुन्छ ।
DSC00124 उहाँले आफले सम्पादीत कार्य श्राद्ध देखि विवाह व्रतबन्ध तथा जन्मदिन सबै उत्पादन तथा कृषिमुखि बनाउने बताउदै आउनु भएको छ ।DSC00254 उहाँले आफनो घरको छतमा समेत तरकारी खेति गरेर सबैलाई अचम्मित पारिसक्नु भएको छ ।DSC00255 कृषि विद अधिकारीकी छोरीको स्वयम्बर कार्यक्रममा व्यापारी अजय सुमार्गी,इजरायली राजदुत,रसियन राजदुतावासका प्रतिनिधि तथा विश्व खाद्य संघंका प्रमुुख लगायतको उपस्थििति रहेको थियो । DSC00245उपस्थित व्यक्तिहरुले समेत यस्ता सह्रानिय कार्य भन्दै प्रशंसा गरेका थिए ।DSC00238DSC00178
तुलसीलाई विभिन्न औषधिका रुपमा समेत प्रयोग गरिने हुँदा यसको छुटै महत्व रहेको छ । हरेक हिन्दुधर्मावम्बिहरुका घरघरमा तुलसीको मठ निर्माण गरिएको हुन्छ भने यसले मानव स्वास्थ्यमा समेत अत्यन्त महत्वपूर्ण भुमिका खेल्ने भएकाले धार्मिक तथा वैज्ञानिक रुपमा तुलसीको महत्वपूर्ण स्थान रहेको पाइन्छ । तुलसीलाई महिलाको सौभाग्यसंग पनि जोडेर हेर्ने गरिन्छ ।
DSC00146ठुलो एकादशिका दिन प्रत्येक घरका तलसी मठ सजाएर विवाह गरिदिने प्रचलन छ । DSC00118यस्तै मानिसको मृत्युहुन लाग्दा पनि तलसी मठमा सार्ने तथा तुलसीको पानी खुवाउने गरिन्छ । त्यसैले अब हामि पनि यस्ता उत्सवहरुलाई अविस्मरणीय र मनोरञ्जनपुर्ण पो बनाउने हो की जसले गर्दा समाजमा तपाइको चर्चा होस र सबैले यसको अनुशरण गरुन ।DSC00185DSC00234

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१