राजधानीमा समेत डेगू देखियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ असार २०७१, बुधबार ०७:१४

काठमाडौं, ११ असार । करिव ६ महिनादेखी राजधानीबाहिर नगएका तिन जना व्यक्तिमा प्रयोगशाला प्रमाणित लामखुट्टे जन्य भाइरल संक्रमण डेगू देखिएको छ । एडिस एजेप्टाई नाउ गरेको पोथी लामखुट्टेले टोकेको तिनदेखी १४ दिनसम्ममा डेगूको लक्षण देखिन्छ ।musquito-da-dengue

‘राजधानीबाहिर नगएका व्यक्तिमा डेगूको संक्रमण देखिनुको अर्थ यसको लामुखुट्टे उपत्यकामा समेत हुनु हो,’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुका डा राजेश साह भन्छन्, ‘हामी कहा उपचारको लागि आएका तिन जना डेगी संक्रमित व्यक्तिको चिकित्सा इतिहासअनुसार उनिहरु ६ महिनादेखी राजधानी बाहिर गएका छैनन ।’

राजधानीमा समेत डेगूको प्रकोप देखिन शुरु भएकोले अगामी दिनमा दिउसो टोक्ने लामखुट्टेबाट जोगिनु आवश्यक रहेको डा साहले बताए । अझ वषरयाममा पानी जम्ने टिनका बट्टाहरु, थोत्रा पुरानो टायर, गमला, फुलदान, खाली ड्रम पानी टयांकी आदिमा पानी जम्दा त्यहा यो फैलाउने लामखुट्टेले फुल पार्ने गरेकोले यसको संक्रमण झन बढने खतरा हुन्छ । दिउसो टोक्ने कालो रंगको डेगी फैलाउने लामखुट्टेको जिउमा सेतो हुन्छ । यो लामखुट्टे थुप्रै दिन देखी हलचल नभएको सफा पानीमा फुल पार्छ ।

तिव्र ज्वरो र शरिर, जोर्नी एवं आखाको गेडीको तिव्र दुखाई लगायतका समस्या लिएर उनिहरु शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकु पुगेका थिए । अस्पतालले उनिहरुलाई लाक्षणिक उपचार गरेर फर्काएको छ ।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को अनुसार यो भाईरसको कुनै उपचार छैन, यसमा लक्षणको आधारमा उपचार गरिन्छ । डेगी एउटा विशेष प्रकारको भाईरसले गर्दा हुन्छ । यो भाईरस डेन-१, डेन-२, डेन-३ र डेन-४ गरी चार प्रकारको हुन्छ ।

डेगीले  गर्दा शरिरको रगत जम्ने प्रकृया अव्यवस्थित हुन्छ । यो अवस्था रगतमा धेरै जसो प्लेटेलेटस नष्ट हुनाले गर्दा हुने हो । यसको घातक रुप हुदा सम्पुर्ण शरिरमा रक्त श्राव हुन लाग्छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१