कथाका साधक सम्मानित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ चैत्र २०७२, आईतवार १९:४८

mainaliकाठमाडौँ। साहित्यिक पत्रकार संघले  एक समारोहका बीच कथाका साधक द्वय वनमाली निराकार र नयनराज पाण्डे  लाई सम्मान अर्पण गरेको छ | कथाकार वनमाली निराकारलाई मैनाली कथा सम्मान र कथाकार नयनराज पाण्डेलाई रु.एकावन्नहजार राशी सहितको मैनाली कथा पुरस्कारबाट सम्मानित गरिएको हो | कार्यक्रममा पुरस्कृत कथाकारबारे प्रा.राजेन्द्र सुवेदीले प्रकाश पारेका थिए | कथाकार द्वय निराकार र पाण्डेले सम्मानित कथाकारको हैसियतमा मन्तव्य राखेको सो कार्यक्रमलाई ने.प्र.प्र.का उपकुलपति बिष्णुबिभु घिमि  प्रमुख अतिथि, अन्य अतिथिहरू पूर्व मन्त्री राधाकृष्ण मैनाली, लेखिका गीता केशरी, समालोचक डा.खगेन्द्र लुइँटेल एवं मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले समेत सम्बोधन गरेका थिए | ‘कथा दिवस’का रुपमा समेत हरेक साल मनाइंदै आएको यस कार्यक्रममा विभिन्न कथाकारहरूले लघुकथा वाचन गरेका थिए | यस कार्यक्रममा नै कार्यक्रमको अध्यक्षता गरिरहेका कवि राधेश्याम लेकालीको मुक्तक संग्रह ‘समयका घोडाहरू’को लोकार्पण समेत गरिएको थियो | अर्को खुसीको खबर : अर्को वर्षदेखि मैनाली कथा पुरस्कारको रकम रु.५१ हजारबाट वृद्धि गरी रु.एकलाख बनाउने घोषणा कार्यक्रममा गरिएको थियो | जसको घोषणा आफ्नो मन्तव्यका क्रममा पूर्व मन्त्री राधाकृष्ण मैनालीले गरेका थिए | कार्यक्रमलाई कवि यादव भट्टराईले संचालन गरेका थिए | कथाकार द्वयलाई फेरि यस ‘कथा’का तर्फबाट हार्दिक बधाई छ | स्मरणीय रहोस्, यस ‘कथा’मा साहित्यिक पत्रकार संघको यस सम्मानको पूर्व घोषणाको खबर पहिल्यै पनि दिइसकिएको छ |mainali 1

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१