शिक्षक र स्वास्थ्य कार्यकर्ता बिच स्वास्थ्य र पोषणबारे अन्तरक्रिया

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० असार २०७१, मंगलवार १७:०५

दीपकअनुरागी आचार्य,कपिलवस्तु,१० असार  ।
विद्यालयमा संचालित स्वास्थ्य तथा पोषण कार्यक्रमका फोकल शिक्षक र स्वास्थ्य कार्यकर्ताबीच एकदिने अन्तरक्रिया कार्यक्रम चन्द्रौटा स्रोतकेन्द्रमा सम्पन्न भएको छ ।
सेभ द चिल्ड्रेनको सहयोगमा जिल्ला शिक्षा कार्यालय मार्फत जिल्लाभरका विद्यालयमा संचालित विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत कार्यक्रमलाई प्रभावकारी बनाउन अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने, बालबालिकाहरुको स्वास्थ्य परीक्षण, फारम भर्ने तथा रिपोर्टिङ गर्ने तरिका लगायतका विषयवस्तुमाथि छलफल गरिएको थियो । चन्द्रौटा स्रोतकेन्द्र अन्तर्गत पर्ने सामुदायिक विद्यालयका फोकल शिक्षक र स्रोतकेन्द्र अन्तर्गत पर्ने गाविसका स्वास्थ्य प्रमुखहरु गरी ४ दर्जनको सहभागिता रहेको अन्तरक्रियामा स्रोतव्यक्ति अर्जुनप्रसाद लोहारले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१