अनेसासको अध्यक्ष पदका लागी दुईजनाको उम्मेदवारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० असार २०७१, मंगलवार १०:४४

काठमाडौँ,१० असार l  संसारको ७२ राष्ट्रमा रहेका नेपालीहरू सदस्य भएको एक मात्र संस्था अन्तरराष्ट्रिय  नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिको अध्यक्ष पदको लागी न्युयोर्ककी महिला साहित्यकार कमला प्रसाई र कोलोराडो राज्यका पदम विश्वकर्मा  दुई जनाले उम्मेदवारी  दिएका छन् l brtnepal_20140623101741_inls umemdwar

अनेसासको केन्द्रीय निर्वाचन आयोगका अनुसार संस्थाको आगामी २०१४-२०१६ को कार्यकालको लागि राधेश्याम लेकाली नेपाल ,वरिष्ठ उपाध्यक्ष , राम खत्री न्यू योर्क⁄ यु एस क्षेत्रीय उपाध्यक्ष, उत्तर अमेरिका⁄ल्याटिन अमेरिका, प्रकाश पौडेल ′′माइला″ जापान क्षेत्रीय उपाध्यक्ष, एसिया ,सुमलकुमार गुरूंग ,यु के क्षेत्रीय उपाध्यक्ष, युरोप , भीमसेन सापकोटा ,अष्ट्रेलिया ,क्षेत्रीय उपाध्यक्ष, अष्ट्रेलिया क्षेत्रीय उपाध्यक्ष, असेनिया र अफ्रिका, गोवर्धन पूजा मासाचुसेट⁄यु एस महासचिव ,प्रकाश नेपाल भर्जिनिया⁄यु एस सचिव, गीता पन्थ न्यू योर्क ⁄ यु एस कोषाध्यक्षमा उम्मेदवारी दिएको जनाएको छ l

अमेरिकाको कोलोराडोबासी पदम विश्वकर्मा वर्तमान कार्यसमितीको बहालवाला महा-सचिव हुन् भने न्युयोर्क शहरकी कमला प्रसाईले तेश्रोपटक अधक्ष्य पदमा उम्मेदवारी दिएकी छिन् l अघिल्ला दुई निर्वाचनमा अधक्ष्य पदमा निर्वाचित भएका उम्मेदवारहरु निस्पक्ष र पूर्ण प्रजातान्त्रिक प्रणालीबाट बिजयी नभएको दाबी गर्दै बुलन्द आवाज निकालेकी थिइन् भने यस पटक आफूलाई सबैले सहयोग गर्ने कुरामा विश्वस्त रहेको बताएकी छिन् l पटक पटक निर्वाचनको पर्यवक्षकमा रहेको भएता पनि विगतका निर्वाचनमा निक्कै दबाब आएको बताउदै यस पालि अनेसासको निर्वाचन हेर्न लायक हुने खेम भट्टचनले बताए l 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१