अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको रजतजयन्ती मूल समारोह समिति गठन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७२, सोमबार ०६:५५

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबिश्वब्यापी रुपमा छरिएको साहित्यिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापनाको २५ औं बर्षको अबसरमा रजतजयन्ती भब्यरुपमा मनाउन १०१ सदस्यीय रजतजयन्ती समारोह मूल समारोह समिति गठन गठन गरिएको छ । संस्थाका बोर्ड अफ ट्रष्टीका सभापति डा. श्याम कार्कीको संयोजकत्व र केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको उपसंयोजकत्वमा १०१ सदस्यीय रजतजयन्ती मूल समारोह समिति गठन गर्ने निर्णय भएको छ । सो समितिमा बोर्ड अफ ट्रष्टीका सदस्यहरु, केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरु, पूर्व अध्यक्षहरु, संस्थापकहरु, सल्लाहकारहरु, च्याप्टरका अध्यक्षहरु रहने छन् । यसै गरी रजतजयन्ती भव्यरुपमा सम्पन्न गर्न ११ सदस्यीय सचिवालय समितिको गठन गरिएको छ । उक्त सचिवालय समितिमा डा. श्याम कार्की (संयोजक) पदम बिश्वकर्मा (उपसंयोजक), गोबर्धन पूजा र शिव लामिछाने (सदस्य-सचिब) र सदस्यहरुमा रोहिणी शर्मा, गीता खत्री, सुमन तिमिसिना, राधेश्याम लेकाली, राम खत्री, बिमल नेपाल, सीता पाण्डे, प्रकाश नेपाल र भगवती बस्नेत रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१