पैसा चोरेर हिँडेकी छोरी घर आईनन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० असार २०७१, मंगलवार ०५:२९

चितवन, १० असार  । पटिहानीको लक्ष्मी उच्च माबिमा कक्षा दशमा अध्ययनरत एक छात्रा पाँच दिनदेखि बेपत्ता भएको भन्दै उनका परिवारले खोजि गरिदिन आग्रह गरेका छन् ।
असार चार गते विद्यालय गएकीे आफ्नी छोरी घर नफर्केको उनकी आमा गोमा देबीले बताउनुभयो ।download
घरबाट पाँच हजार रुपैयाँ चोरेर हिँडेकी १६ बर्षकी छोरी अप्सरा वेपत्ता भएपछि गोमादेवी चिन्तित हुनुहुन्छ ।
छोरी वेपत्ता भएको थाहा पाए लगतै स्थानीय प्रहरी, जिल्ला प्रहरी, माईती नेपाललगायतका संस्थालाई जानकारी गराएपनि छोरीको पत्ता लाग्न नसकेको गोमादेवीले बताउनुभयो ।
सबैतिर खोजी गर्दा पनि फेला नपरेपछि खोजीका लागि पहल गर्न सहयोग माग्दै उहाँ चितवन क्षेत्र नम्बर चारमा एमाले उमेद्वार पार्वती रावल भएको ठाउँमा आउनु भएको थियो । रावलकै पहलमा भरतपुरमा आमा गोमा देवीले छोरी हराएको बारे पत्रकारहरुलाई पनि जानकारी गराउनु भएको हो । छोरीसँगै पढ्ने स्थानीय नितु दराईले भारत जाउँ भनेको छोरीले बताउँदै आएको गोमादेवीले जानकारी दिनुभयो । तर छोरीले भारत कहाँ र को सँग जाने भन्ने बारेमा केही नबताएको उहाँले सुनाउनुभयो ।
विद्यालयबाट १२ बजेतिर नितुसँगै निस्किएको र नजिकैको पसलमा छाता झोला, झुम्का किनेर गएको सोधपुछका क्रममा थाहा पाएको गोमादवीले बताउनुभयो । घरबाट हिँड्दा छोरीले ५ हजार रुपैयाँ चोरेर लगेको जानकारी पनि उहाँले दिनुभयो । हराएकी अप्सराका पिता श्याम प्रसाद रोजगारीका शिलशिलामा भारतको मद्रासमा हुनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१