पाँच विद्यालय गाभिए ,६ विद्यालयको कक्षा घटुवा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ असार २०७१, सोमबार १८:०५

योगी योगेन्द्र /संंखुवासभा , ९ असार । शैक्षिक सत्रको सुरुवात संगै जिल्ला शिक्षा कार्यालय संखुवासभाले विद्यार्थी संख्या कम भएका ६ वटा विद्यालयलाई घटुवा गरी शिक्षक सहित अन्य ५ विद्यालयलाई नजिकैको विद्यालयमा गभेको छ । गभिने विद्यालयहरुमा ताम्कु ७ को खाम्लुवा प्रवि सिब्तुप, वाना ९ को सृजना प्रावि पिप्लेटार, मादीमुलखर्क ६ को दशरथ प्रावि, सित्तलपाटी १ को पञ्चकन्या प्रावि कास्मिरे,७ को मनकामना प्रावि कात्तिके रहेका छन् । images (1)त्यस्तै घटुवा हुनेमा व्याक चैनपुरको खुडादेवी प्रावि, खादवारी ५ ,कालीका प्रावि लेलुवा , माम्लीबको जनता प्रावि मगर गाउ, मादीमुलखर्क ८ को विश्वप्रेमी प्रावि चिरने, धनपोखरी प्रावि सानोओईराङ्ग, र वानेश्वर प्रावि दंगालीगाउ रहेका छन् । विद्यालयमा विद्यार्थी अतिकम भएका तथा हुदै नभएका कारणवाट विद्यालय र शिक्षकलाई नजिकैको विद्यालयमा गाभिएको जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत केशव भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१