यात्रा युरोपको सम्झना नेपालको कृति लोकार्पण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ चैत्र २०७२, बुधबार ०५:५०

lokarpanकाठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले स्रष्टा विमला अधिकारी सिम्खडाको नियात्राकृति ‘यात्रा युरोपको सम्झना नेपालको’ राजधानीमा लोकार्पण ग¥यो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले लोकार्पण गर्नु भएको सो कृतिका बारे वरिष्ठ नियात्राकारहरू प्रतिक ढकाल र युवराज नयाँघरेले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथिले मन्तव्य राख्दै भन्नुभयो कृति पठनीय र सङ्ग्रहणीय रहेको छ र यसले नेपाली साहित्यको नियात्रा विधामा महत्वपूर्ण योगदान पु¥याउनेमा मलाई विश्वास छ । अनेसासका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवं नेपाल च्याप्टरका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ् छिरिङ शेर्पा, स्वीस इन्जिनियर मि.हाइन्स, स्रष्टा विमला अधिकारी, अनेसास नेपाल च्याप्टरका महासचिव सन्ध्या पहाडी र कोषाध्यक्ष बाबा बस्नेतलगायतले कार्यक्रममा आ–आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१