‘अनेसास नवरत्न पुरस्कार’को घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० फाल्गुन २०७२, आईतवार ०९:४६

inlsअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, महिला समितिद्वारा स्थापित’ अनेसास नवरत्न पुरस्कारबाट नेपाली साहित्य, कला र समाजसेवाका क्षेत्रमा समर्पित नौजना महिला सम्मानित हुनु हुने भएको छ | समितिका संयोजक गीता खत्रीको संयोजकत्वमा गठित राधेश्याम लेकाली र गोवर्धन पूजा सदस्य रहेको निर्णायक समितिको निर्णय अनुसार ज्योति पौडेल, पविता परियार, लीला लुइँटेल, यशोधा राई, वसुन्धरा भुसाल, विन्दिया सुब्बा, विष्णुमाया परियार, बेटी बज्राचार्य र सूर्य महर्जन पुरस्कृत हुनुहुने भएको हो | उहाँहरूलाई नगद अमेरिकी डलर दुईसय सहितको क्रमश: अनेसास नवरत्न ज्ञानुदेवी उपाध्याय पुरस्कार, अनेसास नवरत्न दानबहादुर थापा पुरस्कार, अनेसास नवरत्न उत्तम नेपाली पुरस्कार, अनेसास नवरत्न शकुन ज्ञवाली पुरस्कार, अनेसास नवरत्न दया शाह पुरस्कार , अनेसास नवरत्न पुनम काफ्ले पुरस्कार, अनेसास नवरत्न विमला चाम्लिङ राई पुरस्कार, अनेसास नवरत्न कृष्ण तथा राजकुमारी श्रेष्ठ पुरस्कार, अनेसास नवरत्न पदम विश्वकर्मा पुरस्कार प्रदान गरिने छ | पुरस्कारलाई क्रमश; सुनिता शर्मा, कुन्ति थापा, ममता कर्माचार्य, शकुन्तला ज्ञवाली, अनु शाह, पुनम काफ्ले, दीपा राई पुन, लक्ष्मी श्रेष्ठ र पदम विश्वकर्माले प्रायोजन गर्नु भएको हो | पुरस्कृत व्यक्तित्वहरूलाई आगामी अप्रिल दुईमा अमेरिकाको न्युयोर्कमा आयोजना गरिने कार्यक्रममा पुरस्कार समर्पण गरिने छ |

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१