सवैक्षेत्रमा नेपाल सरकार सक्षम छैनः मन्त्री थापा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ फाल्गुन २०७२, शनिबार २०:२२
 mukundaकाठमाडौं । विज्ञान तथा प्रविधि मन्त्री शिवलाल थापाले सवैक्षेत्रमा नेपाल सरकार सक्षम नभएको बताएका छन् ।
राजधानीको संवाद डबलीमा शनिबार कवि भीमसेन सापकोटाको कविता संग्रह ‘प्रश्नमा ईश्वर’ को विमोचन गर्दै मन्त्री थापाले सरकार सक्षम नभएकै कारण युवा जनशक्ति विदेशिन नरोकिएको बताए ।
मन्त्री थापाले सरकार सामथ्र्यवान् नभएकै कारण धमाधम युवा विदेशिएको र देशलाई आवश्यक जनशक्ति बाहिरिएको उनको भनाई थियो । उनले उपयुक्त नीति र योजना नभएकाले विज्ञान र प्रविधिको क्षेत्रमा विकास हुन नसकेको औंल्याए । “विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्न जिल्लाहरूमा एउटा शाखा पनि छैन,” उनले भने, “विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्न राज्यको स्पष्ट नीति चाहिन्छ।”
सूचना र प्रविधिको क्षेत्रमा द्रूततर परिवर्तन भएको भए पनि सरकारले त्यसलाई पकड कायम गर्न नसकेको उनको गुनासो थियो ।
अस्ट्रेलिया र नेपालमा एकैसाथ विमोचन
साहित्यकार सापकोटाको कृति ‘प्रश्नमा ईश्वर’ शनिबार अस्ट्रेलिया र नेपालमा एकैसाथ विमोचन गरियो । ३६ वटा कविता संग्रहित गरिएको कृतिमा डायस्पोरिक, मायाप्रेम र मानवता झल्किएको समीक्षकहरूले बताएको छन् ।
“कविको कृतिमा विदेशीनुको पीडा, डायस्पोरिक चेतना र मानवतालाई उत्कृष्ट ढंगले बिम्बित गरिएको छ,” कृतिमाथि टिप्पणी गर्दै प्राध्यापक राजेन्द्र सुवेदीले भने, “कृतिमा आधुनिक र उत्तरआधुनिक चेतनाका विभिन्ना आयामहरू समेटिएका छन् ।”mukunda 3
त्यस्तै साहित्यकार रमेश शुचेच्छुले पनि कविता मानवतावादको नयाँ आयाम भएको औंल्याए । पहिलो काव्यिक संग्रह भएकाले दोषमुक्त नभए पनि कविको काव्यिक चेतना उत्कृष्ट रहेको भावना व्यक्त गरे ।
अस्ट्रेलियामा सोही कृति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला काव्य सम्मेलनको अवसर पारेर शनिबार नै विमोचन गरिएको थियो ।
सापकोटा नेपालमा लामो समय पत्रकारितामा आवद्ध थिए भने पछिल्लो समय प्रवासमा रहेका साहित्य सिर्जना र पत्रकारितामा एकैसाथ कलम चलाई रहेको छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१