ललितपुर उपमहानगरपालिकामा रक्त संचार केन्द्र स्थापना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७१, बुधबार १२:०६

ललितपुर ,४ असार । ललितपुर उपमहानगरपालिकामा रक्त संचार केन्द्र स्थापना भएको छ । रेडक्रस, हार्ट फाउन्डेसन र नेपाल रोटरीले संयुक्त रुपमा जाउलाखेलमा उक्त केन्द्रको स्थापना गरेको हो ।10440775_10152523441497329_5335745838176322144_n

उपप्रधानमन्त्री प्रकाशमान सिंहले बुधबार केन्द्रको उद्‌घाटन गरेका छन् । केन्द्र स्थापनाका लागि दक्षिण कोरियास्थित रोटरी क्लवले १ लाख ९२ हजार डलर बराबरको उपकरण दिएको छ । ‘ब्लड बैंक’ सुविधा सम्पन्न हुने छ ।10413369_10152523442572329_7603368456921680731_n

उदघाटन कार्यक्रममा सिंहले सामाजिक संघ संस्थाहरुले मुलुकमा पुर्याएको योगदानको प्रशंसा गरेका छन् । 10450935_10152523443092329_1795338875685293116_nउनले राज्य एक्लैले चाहेर मुलुकमा जअपेक्षा अनुरुपको काम हुन नसक्ने भन्दै त्यसका लागि सामाजिक संघ संस्था र सबैको सहयोग अपरिहार्य रहेको बताए ।  10485662_10152523443292329_3538674160190837382_n10440775_10152523441497329_5335745838176322144_nउनले मुलुकमा जारी संक्रमणकालको अन्त्यपछि मात्र विकासले गति लिन सक्ने उल्लेख गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१