सूचनाको हक सम्बन्धि कृष्णहरि बाँस्कोटाको पुस्तक विमोचित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ माघ २०७२, सोमबार १९:५०

DSCN0254काठमाडौं । लेखक दुनियाँमा कृष्णहरि बाँस्कोटा एउटा चिरपरिचित नाम हो । प्रत्येक हप्ता दुई तीन वटा लेख, एक दुई वटा अन्तर्वार्ता र एक दुई वटा कार्यक्रममा उहाँको कार्यपत्र प्रस्तुती हुने गरेको छ । राष्ट्रिय सूचनाआयोगको प्रमुख सूचना आयुक्तमा बाँस्कोटाको नियुक्तिलाई राइट म्यानइन राईट प्लेस भन्ने गरिएको छ । कुशलता र दक्षतापूर्वक एक वर्ष आयोगलाई हाक्ने क्रममा हासिल गरेका अनुभवलाई समेटेर बाँस्कोटाले नयाँ किताव लेखेका छन् र नाम जुराएका छन्–सूचनाको हकको पक्षमा । यो बाँस्कोटाको चौविसांै पुस्तक हो ।
बाँस्कोटाले सूचनाको हकका पक्षमा पुस्तक लेखनी गर्दा ज्यादै महत्वपूर्ण प्रसंगको समिश्रण गरेका छन् । वर्तमान एक्काइसौं शताब्दीमा सूचना प्रवाह वेगर राज्य र समाज संचालनको कल्पना पनि गर्न नसकिने कुरा बाँस्कोटाको कितावमा लेखिएको छ । यसैगरी सूचना नपाउनु भनेको न्याय नपाउनु सरह हो, बाँस्कोटाले लेखेका छन् । उनकाअनुसार पारदर्शिता, उत्तरदायित्व, जिम्मेवारी बोध र जनमुखी शासन पद्दतिले मुलुकमा सुशासन प्रबद्र्धन हुन्छ । सुशासनको प्रवद्र्धनसँगै भ्रष्टाचार, विकृति, विसंगति क्रमशः न्यून हुँदै जान्छ । बाँस्कोटा लेख्छन्– सूचना मागकर्तालाई सार्वजनिक निकायमा कार्यरत कर्मचारीले विनम्र व्यवहार गर्नुपर्छ र माग गरेको सूचना हार्दिकता पूर्वक दिनुपर्छ । कारण मुलुकमा विद्यमान लोकतन्त्रको र सम्पादन गर्न जनता आतुर छन् । लोकतन्त्रको प्राण वायुका रुपमा रहेको सूचनाको हकको प्रचलनसँगै मुलुकमा लोकतन्त्र पनि संस्थागत हुँदै जाने बाँस्कोटाको भनाई छ ।
पुस्तकमा बाँस्कोटाले जिम्मेवार पदाधिकारीलाई सूचना दिन ठाउँ ठाउँमा फकाएका छन् भने ठाउँ ठाउँमा थर्काएका छन् । सूचना लुकाउने जनताका शत्रु हुन् । जहाँ भ्रष्टाचार भएको हुन्छ, त्यहाँ सूचना लुकाईन्छ भन्ने उनको लेखाई छ । साथै उनले आफ्नो अधिकार प्रचलनका लागि जनता पनि क्रियाशील हुनुपर्ने सुझाव दिएका छन् । बाँस्कोटाका अनुसार सूचनाको हक लागू गर्नु भनेको अध्यारोबाट उज्यालोतर्फको यात्रा तय गर्नु हो । साथै उनी लेख्छन–ढोकाबाट सूचना नदिए झ्यालबाट सूचना बाहिरिन्छ । यसर्थ जनताको नासोरुपी सूचना जनताको आवश्यकतानुसार उपलब्ध गराउन उनले उत्प्रेरक ढंगले पुस्तक तयार गरेका छन् ।krishna hari
बाँस्कोटाद्वारा लिखित सूचनाको हकको पक्षमा नामक पुस्तक दशवटा खण्डमा विभक्त छ । जसअनुसार, पहिलो खण्ड सूचनाको हकको पक्षमा लेखिएको छ भने दोश्रो खण्डमा खुला सरकारको अवधारणा, तेश्रो खण्डमा सूचना सम्प्रेषणको अभ्यास, चौथो खण्डमा सार्वजनिक निकायको भूमिका, पाँचौ खण्डमा सुशासन र सूचना अधिकारीको भूमिका रहेको छ । यसैगरी पुस्तकको छैठौ खण्डमा नागरिकको नैसर्गिक अधिकार, सातौ खण्डमा चुनौति, अवसर र संभावनाहरु, आठौं खण्डमा सूचनाको हकको महत्वपूर्ण पक्ष, नवौ खण्डमा आयोगःआशाको केन्द्र र दशौं खण्डमा पहिलो एकवर्षको महिनागत डायरी रहेको छ । समग्रमा पुस्तकले सूचनाको हकका क्षेत्रका नेपाल र विश्वव्यापी अभ्यास र समस्या एवं समाधनका उपायहरु प्रस्तुत गरेको छ । नेपाली पाठकका लागि पुस्तक पठनीय रहेको छ ।
मिडिया इन्टरनेशनलमा आयोजित एक भव्य समारोह बीच बाँस्कोटाको सूचनाको हकको पक्षमा पुस्तकको वरिष्ठ पत्रकारहरुले सामूहिक रुपमा विमोचन गर्नुभयो । उक्तअवसरमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं सूचनाको हकका अभियान्ता तारानाथ दाहाल÷धर्मेन्द्र झाले पुस्तकको टिप्पणी गर्नुभएको थियो भने वरिष्ठ पत्रकार किशोर नेपालले पुस्तकले जनताको सूचनाको हकको वकालत गरेको कुरा बताउनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले लेखकलाई शुभकामना दिनुभयो । सूचना आयुक्तद्वय किरण पोखरेल र यशोदा तिम्सिनाले पुस्तकमा आयोगको एक वर्षको अनुभव झल्किएको कुरा बताउनुभयो ।
समारोहमा लेखक बाँस्कोटाले पुस्तकले सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलनमा जोड दिएको कुरा बताउनुभयो । कार्यक्रममा सबैलाई स्वागत गर्दै मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले पुस्तक नेपाली जनताका लागि अनुपम उपहारका रुपमा रहेको चर्चा गर्नुभयो । बाँस्कोटाको कलम निरन्तर चलीरहोस् भनी निर्दोषले शुभकामना समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१