जिल्ला स्वास्थ्य कार्यालयद्धारा लक्षित वर्गका १३ हजार बढिलाई सेवा प्रदान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७१, मंगलवार १३:२३

राम सिंह/ दार्चुला, ३ असार ।  जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले लक्षित वर्गतर्फ ०७० साउन देखि ०७१ बैशाखसम्म १३ हजार २ सय सेवाग्राहीलाई सेवा दिएको तथ्यांक सार्वजनिक भएको छ । निशुल्क स्वास्थ्य कार्यक्रम तथा जेसी प्रतिवेदनअनुसार जिल्लामा ती व्यक्तिहरुले सेवा पाएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले अति गरिब १ हजार १ सय ४१ जना, गरिब ८ हजार ३ सय १८ जना, अपांग ६२ जना, जेष्ठ नागरिक ३ हजार ५ सय ५० जना र महिला स्वास्थ्य स्वयंसेविका १ सय २९ जनालाई सेवा प्रदान गरिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य निरीक्षक बीरहरी राइले बताउनुभयो । यस्तै स्वास्थ्यले बाहिरिंग फाटबाट ६ हजार ४ सय १० महिला र ६ हजार ७ सय १० पुरुष गरी १३ हजार १ सय २० जनालाई सेवा प्रदान गरेको जनाइएको छ । भने आपतकालिन सेवा अन्तरगत २ हजार ७ सय २९ महिला र १ हजार ८ सय ४१ जना पुरुष गरी ४ हजार ५ सय ७० सेवाग्राहीले सेवा पाएका छन् । पछिल्लो समय स्वास्थ्य संस्थाहरुले जेसीको अवधारणा अनुरुप सेवा प्रदान गरिरहेको छ । स्वास्थ्य कार्यालयले लक्षित समूहतर्फ निशुल्क सेवा अन्तरगत अन्तरंग सेवा ४ सय ७२ जना, प्रयोगशाला सेवा ६ सय ६७ जना, एक्सरे सेवा ६ सय ८५ जना, बाह्य प्रेषण सेवा ७७ र नसर्ने रोग विपन्न नागरिकहरुलाई २० जनालाई प्रदान गरिएको छ । स्वास्थ्य संस्थामा जीवित बच्चा जन्माउने संख्या ३ हजार ५ सय ८८ रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१