तातो हावाका कारण रौतहटको जनजीवन कष्टकर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७१, मंगलवार ०८:४०

प्रविण अग्रवाल/रौतहट ३  असार ।
केही दिनदेखि एक्कासी बढेको अत्यधिक गर्मी स“गै चलेको तातो हावाका कारण तराईको जनजीवन कष्टकर बनेको छ । गर्मीकै कारण्ँ रोगको सङक्रमण्ँ बढेपछि उपचारका लागि जिल्ला अस्पतालमा आउने बिरामीको सँख्यामा समेत बृद्धि भएकोे छ । तातो हावाका कारण्ँ सबैभन्दा बढी बालबालिका जोखिममा परेको कुरा जिल्ला अस्पताल गौरका डा. सुभाष चौधरी बताउछन् । DSC04498बढ्दो गर्मी स“गै चलेको तातो हावाका कारण्ँ बालबालिकामा बेहोस हुने, भाइरल ज्वरो आउने र जिउ चिलाउने जस्तो लÔण्ँ बढी देखा परेको छ । अत्यधिक गर्मी बढेकाले उपचारका लागि अस्पताल आउने बिरामी मध्ये दैनिक २५ देखि ३० जना भाइरल ज्वरो र रुधाखोकिका बिरामी हुने गरेको जिल्ला अस्पतालले जनाएको छ । रौतहट र सर्लाहीका साथै नजिकको भारतीय जिल्लाहरुबाट समेत उपचारका लागि बिरामीहरु यस अस्पतालमा आउने गरेका छन् । रौतहट लगायतका मध्य तराईमा करिब दुई साता देखि बढेको अत्यधिक गर्मीस“गै चलेको तातो हावाका कारण्ँ बिहानकोे १० बजेदेखि साँझ नपरे सम्म बाटोमा खासै चहलपहल नै देखिदैन् । अत्यधिक गर्मीका कारण जिल्लाका सरकारी तथा निजी विधयालयमा समेत विधार्थीको उपस्थिति पातलो देखिएको छ । रौतहटको तापक्रम यतिखेर ४० डिग्री देखि ४३ डिग्री सेलसियस सम्म मापन गरिएको छ । चिकित्सकले तातो हावा मानव स्वास्थ्यका लागि निकै जोखिमयुक्त भएकोले अतिआवश्यक कामको लागी मात्र भर बाहिर निस्किन र सके सम्म सुतिको लुगा लगाउन सल्लाह दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१