रक्तसञ्चार केन्द्र वीरगन्जमा रगतको चरम अभाव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७१, मंगलवार ०५:२९

बिरगंज ,३ असार  । नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगन्जमा विगत केही दिनयतादेखि रगतको चरम अभाव भएको छ । केन्द्रमा ‘ए’, ‘बी’ र ‘एबी’ समूहको रगतको चरम अभाव भएको हो । रक्तसञ्चार केन्द्रमा अहिले यी तीनवटै समूहको रगत एक युनिट पनि नरहेको केन्द्रले जनाएको छ । यतिखेर केन्द्रमा ‘ओ’ ग्रुपको रगत मात्रै मौज्दात रहेको छ ।snake-library
केन्द्रका प्रमुख प्रवीण मानन्धरले भनो – “केन्द्रमा ‘ए’, ‘बी’ र ‘एबी’ ग्रुपको रगत नहुँदा रगत लिन केन्द्रमा आउने गरेका अधिकांश बिरामीका आफन्त रित्तै हात फर्कन बाध्य भइरहेका छन् ।” “केहीलाई हेटाैँडा, जनकपुर र नारायणगढबाट मगाएर भए पनि रगत दिएर पठाउने गरिएको छ,” भनले भने – “गर्मीयाममा रगतको माग अत्यधिक हुने गर्छ, अहिले मागअनुसारको आपूर्ति हुन सकेको छैन ।” रगतको अभाव हटाउन रक्तदान गर्न र गराउने कार्यमा सहयोग गर्न सबैमा उनले आग्रह गरे।

नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगन्जले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा सात हजार ५५४ युनिट रगत सङ्कलन गरेको थियो । सङ्कलित रकममध्ये उक्त अवधिमा सात हजार ४०२ युनिट रगत वितरण गरिएको थियो ।

केन्द्रका संयोजक मदन गुप्ताका अनुसार, १३० वटा संस्थाले विभिन्न समयमा रक्तदान कार्यक्रम गरी उक्त परिमाणको रगत सङ्कलन गरेको हो ।

हेमोफिलिया, एप्लास्टिक एनेमिया, ल्युकेमिया तथा क्यान्सरका बिरामीलाई अस्पतालसँग समन्वय गरी सेवा शुल्कसमेत नलिएर ५६६ युनिट रगतसमेत वितरण गरिएको केन्द्रले जनाएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१