मेरो प्यारों नेपाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ पुष २०७२, बिहीबार ०८:३३

राज्यराज्य लक्ष्मी/ अमेरिका  । मेरो प्यारों नेपाल कता कता लाग्छ । हाम्रो देश चिच्याइ चिच्याइ रोइ रहेको। देख्छु चारै तिर अध्यारोमा हजारैा मान्छे बेताल्मा कुनामा पडीरहेको। न कसैले देख्छन् रगतको थोपाहरू न दुइ मुठी सासमात्र बॉकी रहेको। बस् आफैमा लुछा चुड छ, देख्छु गिद्र्हरूले लास खानको लागी पर्खी रहेको । हामी त बिदेशीनु पर्यो हे दैब अब कतिलाइ धकेल्ने होलान्।बिदेश जाने कसैलाइ रहर हुदैन यि धुवाको मुस्लोले बाध्यता बनाइ रहेको छ। शक्तिसाली कोही जन्मेको छौ भने बनाइदेउ नेपाल सुन्दर सन्सार हैन भने हे भगवान न बिग्रादेउ बॉकी रहेको नेपाल । जल, थल,मल सबै छ के कमी छ यहॉ बस् ,बस्, बस् नेताले सच्चा देश भक्ति मात्र देखाउन बॉकी छ यहॉ । न लपेटीनु छ रगतको थोपाहरूमा । नजल्नु आगोको रापमा बॉकीको दिन बॉच्नु छ हे दैब नेपाल शुन्दर बने आशामा । यो कबिताहोइन ऑखा र आत्माबाट बगेको बेदना हो । यो शब्दकोशको बॉणी होइन नेपाली पन को आत्मा हो । पर्खी रहेछन् आत्माहरू । जलिरहे छ लासहरू । जन्ताको ऑखामा बलिरहेछ आगोंको रापहरू । चिचाही रहेछन् भोका नॉगा सरिरहरू । कस्तो बैगुणी भैगएछन। आफ्नो देशलाइ अर्काको आहारा बनाइ रहेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१