अस्पताल विकासमा एकजुट होऔं : सहभागीहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ असार २०७१, सोमबार ०६:४४

सन्तोष पटेल / वीरगंज २  असाढ  । नारायणी उपक्षेत्रिय अस्पताल विकास समिति कर्मचारी युनियन इकाई कमिटिद्धारा अस्पताल प्रशासनको सभाहलमा अस्पताल सुधार सम्बन्धमा सर्वपक्षिय बैठक सम्पन्न भएको छ ।narayani up chhetriya aspatal (2)

युनियनका अध्यक्ष रामेश्वर प्रसादको सभापतित्वमा सम्पन्न बैठकमा कर्मचारी युनियनद्धारा १३ सुत्रिय माग राखी अस्पताल प्रशासन सम्बन्ध दिएको ज्ञापनपत्र सम्बन्धमा छलफल गरिएको थियो । १३ शुत्रिय मागमा अनियमित नियुक्ति खारेज गर्नु पर्ने, २०५८ साल देखि हाल सम्म काम गर्दै आएका कर्मचारीहरुको विकास समितिमा स्थाई गर्नुपर्ने, सबैकर्मचारीले इमान्दारीपूर्वका आ–आफनो जिम्मा पुरा गर्नु पर्ने, विकास समितिको कुल आम्दानीको १० प्रतिशत अक्षयकोष खडा गर्नु पर्ने लगायतका माग राखी जेष्ठ २५ गते नारायणी उपक्षेत्रिय अस्पतालका मेसु डा. रामशंकर ठाकुरलाई कर्मचारी युनियनका पदाधिकारीहरुले ज्ञापनपत्र बुझाएका थिए । सर्वपक्षिय बैठकमा १३ शुत्रिय मागको सम्बन्धमा सर्वदलिय मोर्चा बनाई कर्मचारी युनियनले उठाएको जायज मागलाई पुरा गराउने र सबैको हातेमालो गरी अस्पताल विकासमा सहयोग पु¥याउने कार्यक्रममा सहभागीहरुले प्रतिबद्धता जनाए ।
सर्वपक्षिय बैठकमा फोरम नेपालका केन्द्रिय सदस्य बिरेन्द्र यादव, फोरम लोकतान्त्रिकका हजारी साह तेली, नेकपा एमालेका सुदिप लामा, एमाओवादीबाट लवकुश बैठा, सद्भावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी, काँग्रेसका क्षेत्रिय सभापति बिजय सर्राफ, नेविसंघका नेता इमतेयाज आलम, मानव अधिकार तथा शान्ति समाजका लक्षित क्षेत्रका केन्द्रिय संयोजक परमानन्द चौधरी, वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई लगायत अस्पतालका चिकित्सक, कर्मचारी र अन्य संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१