प्रवेशिकामा रौतहटका ३ वटा विधालयको नतिजा शुन्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७१, आईतवार ०९:५४

प्रविण अग्रवाल / रौतहट १ अषाढ ।
रौतहटको शैक्षिक अवस्था दिनप्रतिदिन खस्किदै गएको छ । परिक्षा नियन्त्रण कार्यालये शुक्रवार साँझ प्रकाशित गरेको प्रवेशिका परिक्षाको नतिजाले रौतहटमा निजी क्षेत्रका विद्यालयहरुको योगदानलाई प्रष्ट पारेको छ ।
गत वर्ष प्रवेशिकामा झण्डै २४ प्रतिशत विद्यार्थी उतिर्ण भएको रौतहटमा यस वर्ष जम्मा १९.९६ प्रतिशत अर्थात ६ हजार ५ सय ५७ मध्ये १३२८ विद्यार्थी मात्रै पास भएका छन् । त्यसतै रौतहटमा ३ वटा विधालयको नतिजा शुन्य आएको छ । deo rautahatशुन्य आउनेमा मावि नयाँ बस्ती रँगपुर,श्री मावि मठिया र महेन्द« मावि राईटोल पौराइ रहेको छ । यस पटकको नतिजाले सामुदायीक विद्यालय तर्फको उतिर्ण प्रतिशतमा ठूलो गिरावट आएको छ भने निजी विद्यालयहरुको नतिजा राम्रो छ । रौतहटमा राज्यले लगानी गरेको सामुदायीक विद्यालयहरुका १४.०१ प्रतिशत विद्यार्थी मात्रै उतिर्ण भएका छन भने निजी विद्ययालय तर्फ ९६.४५ प्रतिशत नतिजा आएको छ । निजी विद्यालयका शिक्षकहरुले शिक्षामा गरेको योगदान यो अन्तरले नै प्रष्ट पारेको छ । जिल्लामा ६९ विद्यार्थी विशिष्ठ श्रेणीमा उतिर्ण हुदा सो मा निजी विद्यालयका ४३ विद्यार्थी रहेका छन भने १२ विद्यार्थी मध्य क्षत्रे प्रहरी बोडिङ्ग स्कल को र बाँकी १४ सामुदायीक विद्यालयका विद्यार्थीहरु रहेका छन । निजी विद्यालयका २७९ जना विद्यार्थी प्रथम श्रेणीमा र ५६ जना विद्यार्थी द्धितिय श्रेणीमा उतिर्ण भएका छन । जिल्लामा ५६४ विद्यार्थी प्रथम श्रेणी, ६४९ द्धितिय श्रेणी र ४६ विद्यार्थी तृतिय श्रेणीमा उतिर्ण भएका छन ।सामुदायीक विद्यालयका शिक्षकहरु शिक्षा पेशा भन्दा बढी राजनिति पेशातिर गँभिर भएकोले नै रौतहटको शैक्षिक अवस्था दिनप्रतिदिन खस्किनुको मुख्य कारण रहेको शिक्षा विज्ञहरु बताउछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१