गर्मी समयमा खर्बुजा खानुभएको छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७१, आईतवार ०६:१८

(एजेन्सी) तपाई अहिलेको यो गर्मी समयमा खर्बुजा खानुभएको छ ? यतिखेर खर्बुजा जहाँपनि पाइन्छ । धेरैले खर्बुजा खाने गर्नु पनि हुन्छ । यदि खाने गुर्नभएको छैन भने पनि अब खाने गर्नुहोला । किनकी खर्बुजाले हा्रमो स्वास्थ्यमा धेरै फाइदा गर्छ ।

 यसले तपाईंको रक्तसंचार वृद्धि गर्छ, रक्तचाप घटाउँछ, तौल घटाउन मद्दत गर्छ, र यसले तपाईंको सेक्स लाइफमा सुधार ल्याउने काम गर्दछ । इटालियन अनुसन्धानकर्ताले पत्ता लगाएको नयाँ शोधमा खर्बुजामा पाइने सिट्रुलाइन एमिनो एसिडले रक्त संचारमा वृद्धि गर्दछ र इरेक्टाइल डिस्फङ्सनलाई कम गर्ने गर्दछ ।

watermelon with sex

खर्बुजामा पाइने अतिरिक्त निट्रिक अक्साइडले एन्जाइना, उच्च रक्तचाप र हृदयसँग सम्बन्धित समस्याहरुलाई निको पार्न मद्दत गर्दछ, उक्त शोधले जानकारी दिएको छ । हाम्रो शरिरले सिट्रुलाइन अर्को एमिनो एसिड, अर्जिनाइन बनाउन पनि प्रयोग गर्छ जसको भाएग्राको जस्तो असर हुन्छ । अर्जिनाइनले निट्रिक एसिडलाई बढाउने कार्य गर्दछ जसले रक्तनलीहरुलाई आराम दिने गर्दछ – यस्तै कार्य भाएगा्राले पनि गर्ने गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१