एसएलसीको परीक्षाफल सार्वजनिक, ४३.९२ प्रतिशत उत्तिर्ण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० जेष्ठ २०७१, शुक्रबार १८:२२

भक्तपुर ,३० जेठ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रवेशिका परीक्षा एसएलसीको परीक्षाफल शुक्रबार सार्वजनिक भएको छ । परीक्षामा नियमिततर्फ १ लाख ७३ हजार ४३६ विद्यार्थी उत्तिर्ण भएका छन् । यो ४३.९२ प्रतिशत हो ।
परीक्षामा ३ लाख ९४ हजार ९३३ विद्यार्थी सहभागी भएका थिए । यो अघिल्लो वर्षको भन्दा २.४५ प्रतिशतले बढी हो । २०६९ मा ४१.४७ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका थिए ।slc
परीक्षा नियन्त्रण कार्यालयका अनुसार १८ हजार ११० परीक्षार्थी विशिष्ट श्रेणीमा पास भएका छन् । ८३ हजार ६३७ प्रथम श्रेणीमा पास हुँदा ६७ हजार ९४२ द्धितीय र ३१ हजार ७४७ परीक्षार्थी तेस्रो श्रेणीमा उत्तिर्ण भएका छन् । ५ हजार ५३१ परीक्षाले परीक्षा छाडेका छन् भने १३ सय ९ को स्थगन गरिएको छ । ५ सय ७३ जनाको परीक्षा रद्द गरीएको छ ।
आशिंकतर्फ १४ हजार ५९१ परीक्षार्थी पास भएका छन् । यो कुल सहभागी १ लाख ३३ हजार ६२६ को १०.९२ प्रतिशत हो । आशिंकतर्फ कोही पनि विशिष्ट श्रेणीमा पास नभएको कार्यालयले जनाएको छ ।
२०६ परीक्षार्थी प्रथम श्रेणीमा पास हुँदा ११ हजार ४७७ द्धितीय र २ हजार ९०८ परीक्षार्थी तेस्रो श्रेणीमा उत्तिर्ण भएका छन् । ३ सय ७३ जनाको परीक्षा स्थगित गरिएको केन्द्रले जनाएको छ । २ सय ९२ जनाको परीक्षा रद्द गरीएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१