गीतकार ढकाल र संगीतकार तथा गायक पछाईंको गीति एल्बमको बिमोचन सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ मंसिर २०७२, बुधबार १५:०२

janu काठमाडौँ ।  नवनारी मिडिया एण्ड रिसर्च प्रालिको प्रस्तुतिमा गीतकार जानुका ढकालको एकल शब्द र संगीतकार तथा गायक बिनोद पछाईंको एकल संगीतमा रहेको एल्बम गीतको बिमोचन यहि मंगलबार सम्पन्न भएको छ । नेपाल संगीत नाट्य तथा प्रज्ञा प्रतिष्ठानका उप–कुलपति माननिय शम्भुजित बास्कोटा लगायत नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी परिषद सदस्य उन्नती शिला बोहोरा, अष्ट्रेलियन समाजसेवी माइकल जोन होगन, गायिका संगीता राना प्रधान, नायिका झरना थापा, संगीतकार राजु सिंह लगायतले एल्बमको बिमोचन गर्नुभएको थियो ।j एल्बम गीत समग्र रुपमा निकै उत्कृष्ट रहेको कुरा उप–कुलपति शम्भुजित बास्कोटाले बताउनुभएको थियो भने एल्बमको समिक्षा गीतकार तथा प्राज्ञ उन्नती शिला बोहोराले गर्नुभएको थियो । बोहोराले गीत सुनेपछि सुनिरहन मन लाग्ने शब्द र संगीत रहेको र गायक गायिकाले उतिकै मिहिनेत गरेको बताउनु भयो । एल्बममा अहिलेका चर्चित गायक गायिका अन्जु पन्त, संगीता राना प्रधान, मिलन आमात्य, दिपक लिम्बु, बिनोद पछाई, निशा देसार, कन्काइष्ट राई, जुनु रिजाल लगायतको सुमधुर आवाज रहेको छ भने तिमी आउँछु भनेर होकी, बोलको गीतको म्युजिक भिडियोमा नायिका गरिमा पन्त र मोडल पुष्प खड्काका साथै बालकलाकारको रुपमा गीत पछाईले समेत अभिनय गरेकी छिन् । राष्ट्रिय गीतमा भने गायक गायिकाले नै अभिनय गरेको देख्न पाइन्छ ।januka उक्त कार्यक्रममा गायक तथा संगीतकार बिनोद पछाईंले गीत समेत गाउनु भएको थियो । अहिलेका थुप्रै चर्चित कलाकार, गीत संगीत क्षेत्रका व्याक्तित्वहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको गीति एल्बम गीतको बिमोचन अहिलेको असहज परिस्थितिमा सम्पन्न हुनु भनेको गीत संगीतको क्षेत्रमा महत्वपूर्ण रहेको कुरा पनि मन्तव्यको क्रममा उपकुलपति शम्भुजित बास्कोटाले बताउनु भएको थियो । एल्बम गीतमा चर्चित संगित संयोजक महाराज थापाले संगीत संयोजन गर्नुभएको छ भने महेश्वर मान राज भण्डारीले सम्पूर्ण गीतको मिक्सिङ् मास्टरिङ् गर्नुभएको छ । एल्बम गीत गीतकार जानुका ढकालको पहिलो कोशेली हो भने संगीतकार बिनोद पछाईले यो भन्दा अगाडि ५ वटा एल्बममा संगीत भरिसक्नुभएको छ भने थुप्रै गीतहरुमा आफ्नो आवाज समेत दिनुभएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१