एक वर्षभित्र मुलुकलाई पूर्ण साक्षर घोषणा गर्ने तयारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ जेष्ठ २०७१, बिहीबार ०८:२५

काठमाडौँ,२९ जेठ । सरकारले आगामी एक वर्षभित्र मुलुकलाई पूर्ण साक्षर घोषणा गर्ने तयारी थालेको छ । मुलुकभरका निरक्षरलाई साक्षर बनाउँदै आगामी वर्षदेखि पूर्ण निरक्षरता उन्मूलन भएको घोषणा सरकारले गर्ने भएको हो ।education निरक्षर व्यक्तिको तथ्यांक लिन देशभरका जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिइएको शिक्षा सचिव विश्वप्रकाश पण्डितले जानकारी दिएको राजधानी दैनिकमा खबर छ । ‘आगामी वर्ष नेपालबाट पूर्ण रुपमा निरक्षरता उन्मुलन गर्ने लक्ष्य राखेका छौं,’ उनले भने, ‘यसका लागि सबै जिल्लाका निरक्षर व्यक्तिलाई साक्षर बनाउन जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिइएको छ ।’ पण्डितका अनुसार कम साक्षर जिल्लामा लक्षित समुदायसम्म साक्षरता कार्यक्रम गरिने छ । विद्यालय उमेर समूहभन्दा बढी उमेरका व्यक्तिलाई साक्षर बनाउने अभियानसाथ सरकारले अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१