‘पद्मश्री साहित्य पुरस्कार’ मैनाली र सुब्बालाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० कार्तिक २०७२, मंगलवार १०:२९

images (2)काठमाडौं । यस वर्षको ‘पद्मश्री साहित्य पुरस्कार’ बाट साहित्यकार मोहन मैनाली र उपेन्द्र सुब्बा आइतवार पुरस्कृत भएका छन् ।

मैनालीको ‘मान्ठा डराएको जुग’ र कवि तथा आख्यानकार उपेन्द्र सुब्बालाई ‘लाटो पहाड’ कृतिका पुरस्कृत प्रदान गरिएको हो । यस्तै यस वर्षको ‘पद्मश्री साधना सम्मान’ वरिष्ठ कलाकार महजोडीलाई प्रदान गरियो । पुरस्कार र सम्मानको राशि प्रतिव्यक्ति रु एक एक लाख छ ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले हरेक वर्ष ती पुरस्कार र सम्मान प्रदान गर्दै आएको छ । गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष डा जीवा लामिछानेले सो पुरस्कार प्रदान गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१