सागितीक क्षेत्रमा चर्चा कमाउदै लोक गायक दानी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ कार्तिक २०७२, आईतवार ०७:११

daniप्रेम रौले ।  बाजुरा  जिल्ला बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर २ पिनालेखमा २०४२ सालमा आमा गोमति देबी दानी र बुवा बल बहादुर दानीको कोखबाट यस धर्तीमा जन्मीएका लोकदेउडा गायक राम बहादुर दानीले लामो समयको साँगितिक यात्रा पश्चात फेरी नयाँ लोक दोहोरी गित बजारमा ल्याउन सफल भएका छन । काठमाण्डौ देखी बाजुरा सम्मको यात्राको विश्लेषण गर्दै आफ्नो जन्म भुमीको चरित्र चित्रण गितमा गरेका छन । करिब ५ बर्ष देखीको साँगितिक यात्रा भएतापनि २०७१ सालमा मात्र औपचारिक रुपमा गित सँगितको क्षेत्रमा पाइला टेकेका गायक दानीले छोटो समयमा नै करिब आधा दर्जन देउडा गितहरुमा आवाज दिइएर श्रोताको मानस पटलमा पुग्न सफल भएका हुन् । उनको हिलो एल्वम पातझरिगै कुवा , बुढिनन्दा छेडेदह खप्तडी पाटन, मेली छैन घाँस झल्का मात्रै चिसा लगायतका देउडा गितहरुको सफलता पश्चात आफ्नो पहिलो लोकदोहोरी को विधा अन्तर्गतको सुदुर–पश्चिम धनगढी गित बजारमा ल्याएका छन । गायक दानीले २०६० सालमा एसएलसी परीक्षामा दोश्रो श्रेणीमा उतिर्ण गरी २०६२ सालमा आइ.एड सम्मको अध्ययन गरी करिब ५ बर्ष सम्म निजि श्रोतमा श्री त्रिभुवन प्राथमिक बिद्यालयमा शिक्षण गरेका थिए । यसरी उनको यात्रा सुरु हुदै गएको थिया । उनले आफृुलmे गरेको कामको फल प्राप्त गर्न नसेके पछि गायक दानी २०६७ सालमा भारतको पिथौरागढमा पसेका थिए । भारतमा रहदा गाएयक दानीले बिदेशीहरुको दास बनेर भाँडा माँझेर भए पनि कम्प्युटर मा डिप्लोमा गरेका थिए । २०६८ सालमा आफ्नो देशमा भित्रिएका दानी २०६८ सालमै काठमाण्डौ पसेका थिए । गायक दानीले काठमाण्डौमा रहदा सिटीइ भिटीइ सानोठिमी भक्तपुरमा प्राबिधिक शिक्षा पहिलो तह पास गरेका थिए । त्यस पछि गायक दानी सुर्खेत जिल्लाको उत्तरगँगा गाबिस स्थित श्री प्रभात मा.बि.मा. कम्प्यूटर शिक्षकको रुपमा कार्यरत थिए । यसरी लामो समयको हरेक क्षेत्रमा संघर्ष गर्दै गाएक दानी २०६९ साल असोज १३ गते देखी पत्रकारिता क्षेत्रमा प्रवेश भइ रेडियो पौरखी ९०.४ मेगाहर्ज मार्तडी बाजुरामा सञ्चारकर्मीको रुपमा काम गरिरहेका थिए । यसरी सञ्चारकर्मी भैरहेको अबस्थामा गायक दानीले २०७१ साल मंसीरमा लोकदोहोरी गायिका टिका पुनसँग आफ्नो पहिलो देउडा गित पातझरिगै कुवा बजारमा ल्याउन सफल भएका थिए । आफ्नो साँगितिक यात्राकै क्रममा गायक दानी आर्थिक कम भएकै कारण भारतको नयाँ दिल्लीमा गएर प्रबासी नेपालीहरुसँग आर्थिक सहयोग मागेर आफ्नो पहिलो लोक दोहोरी गित सुदुर–पश्चिम धनगढी रेकर्ड गर्न गएको मौकालाई छोपेर गित रेकर्ड गरेर फर्किदा गायक दानीलाई झल्का मात्र चिसा ,गित सुनेपछि जिल्लाबासीले उनलाइ धन्यबाद दिएका थिए । उनले लामो ३ वर्ष सम्म लामो समय सम्म पौरखी विकास संचार सहकारी संस्थाद्धारा सञ्चालित रेडियो पौरखी नब्बे थोप्लो चार मेगाहर्जमा प्राविधिक प्रमुखका रुपमा काम गर्दै आएका थिए । त्यस पश्चात उनलाइ रेडियाको आचार संहिता पालना नगरेको भन्दै रेडियोबाट हटाइएको छ । हरेक समयमा आफ्नो जिवनमा संघर्ष र त्याग तपस्या गर्दै आएका दानीले २०७२ साल आसोज २८ गते आफ्नो लोक दोहोरी विधाको पहिलो लोक दोहोरी गित शुदु्र–पश्चिम धनगढीको विमोचन गरिसकेका  छन । गायिका धर्तिमा थापा मगरको आवाज रहेको उक्त गितमा लय,शब्द र स्वर स्वयम गायक दानीको रहेको छ । यसभन्दा पछि गायक दानीले लोक दोहोरी गायिका राधिका हमाल सँग गायको लोकेन्द्र कालिकोटेको शब्द सिर्जनामा निकै मिठो लोक दोहोरी गित ढुँगै रैछ बैगुनीको मन ,,, हजार चोटी गर्दानी निष्ठुरी उठाउदिन फोन ।। नामक गित रेकर्ड गरिसेकेको र छिट्टै बजारमा आउने बताएका छन । गित संगितको यात्रालाई जारी राख्दै गाएयक दानीले माघ महिनामा पनि गायिका ज्योति मगरको जीवनसँग मेलखाने गित ए उत्ताउली गाँठी नामक गितको शब्द कोरिरहेको उक्त गित नयाँ बर्षको अबसरमा बजारमा ल्याउन बाजुराबासीहरुको सहयोगले गर्न आग्रह गरेका छन् । उक्त एल्वमलाइ बजारमा ल्याउन सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका छन् । उनले आफ्नो लोक तथा देउडा संस्कृती बचाइ राख्न सदैव लागि रहने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१