त्रिचन्द्र क्याम्पसमा विद्यार्थी र प्रहरीवीच झडप

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७१, सोमबार १६:०४

काठमाडौँ,२६ जेठ ।  काठमाडौको घण्टाघरमा रहेको त्रिचन्द्र क्याम्पसमा विद्यार्थी र प्रहरीवीच झडप भएको छ । त्रिविबाट माइक्रो बायोजली पढेका विद्यार्थीहरुलाई मेडिकल लाइसेन्स उपलब्ध गराउनु पर्ने माग गर्दै त्रिचन्द्र क्याम्पस अगाडि आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेपछि दोहोरो झडप भएको हो ।images-21
नेविसंघ त्रिचन्द्र क्याम्पसका नेता प्रेमराज जोशीका अनुसार माइक्रो बायोजलीका विद्यार्थीहरुले आफूहरुले त्रिविले मेडिकल लाइसेन्स उपलब्ध गराउनु पर्ने माग गर्दै विद्यार्थीहरु आन्दोलित भएको जानकारी दिए । जोशीका अनुसार आन्दोलनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको हो ।
त्रिविले यसअघि त्रिविवाट माइक्रो बायोलजी पढेका विद्यार्थीलाई मेडिकल लाइसेन्स दिँदै आएकोमा नियमपरिवर्तन गर्दै पोखरा र काठमाडौँ विश्वविद्यालयमा पढेका विद्यार्थीलाईमात्रै मेडिकल लाइसेन्स दिने व्यवस्था गरेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१