कर्मचारीकै लापरबाहीमा बालबालिकालाई डिपो सुई दिइएको खुलासा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ जेष्ठ २०७१, आईतवार ०७:४५
पाँचथर, २५ जेठ । उपस्वास्थ्य चौकी चोकमागुका कर्मचारीको लापरबाहीका कारण बालबालिकालाई डिपो प्रोभेरा सुई लगाइएको खुलेको छ ।
जनस्वास्थ्य कार्यालय पाँचथरले उपस्वास्थ्य चौकी चोकमागुलाई खोप सञ्चालन गर्न उपलब्ध गराएको औषधि कर्मचारीको लापरबाहीका कारण नक्कली डाक्टरले फेला पारेपछि खोप सामग्रीको दुरुपयोग भएको खुलासा भएको हो ।astai sadan
उपस्वास्थ्य चौकीका भ्याक्सिनेटर खिमनाथ तिम्सिनाले खोप सञ्चालनका लागि १६ गते जनस्वास्थ्य कार्यालयबाट भ्याक्सिन बक्ससहित आवश्यक औषधि बुझेका थिए । भ्याक्सिनेटर तिम्सिनाले स्वास्थ्य कार्यालयबाट आफूले बुझेर लगेको औषधि फिदिम बजारमा रहेको मुना मेडिकल हलमा राखेको ठाँउबाटै हराएको बताए । । खोप सामग्री हराए पनि आफूले कसैलाई पनि नभनेको तिम्सिनको भनाइ छ ।
चोकमागु उपस्वास्थ्य चौकीका इञ्चार्ज डम्बरलाल यादवले भने भ्याक्सिनेटरले नै उक्त खोप सञ्चालन गर्ने भएकाले घटनाबारे आफूलाई थाहा नभएको बताउनुभयो । ‘बुधबार नै खोप सम्पन्न गरेको भ्याक्सिनेटरले मलाई जानकारी गराएको छ,’ यादवले भन्नुभयो, ‘अहिलेसम्म सामान हराएको भनेर मलाई खबर भएको छैन ।’
खोप सञ्चालन गरेर बाँकी रहेको सामग्री जिल्ला स्वास्थ्य कार्यालयलाई नै बुझाउनुपर्ने व्यवस्था भएकाले बाँकी रहेका खोप सामग्री हराएको हुनसक्ने इन्चार्ज यादवले बताउनुभयो । खोप सञ्चालनपछि बुझाउन लगिएको समाग्री हराएकाले आफूले सम्बन्धित कार्यालयलाई खबर नगरेको भ्याक्सिनेटर तिम्सिनाले बताउनुभयो ।
तिम्सिनाको भनाइ र खोप सञ्चालन गर्ने नक्कली डाक्टर कृष्ण बर्देवाले प्रहरीलाई दिएको बयान मिलेपछि कर्मचारीको लापरबाहीले बालबालिकामा परिवार नियोजनका अस्थायी साधन प्रयोग भएको खुल्नमा आएको हो । तिम्सिनाले सामान राखेको मूना मेडिकल हल पाँचथर अस्पताल नजिकै छ ।
समग्रीहरु नक्कली डाक्टरले फेला पारेपछि फिदिम ४ सारन्ताका चार जना बालबालिकामा बिहीबार परिवार नियोजनको अस्थायी साधान डिपोप्रोभेरा प्रयोग भएको थियो । उक्त सुई स्वास्थ्य सेवा विभागले नेपाल सरकार मातहतका स्वास्थ्य संस्थाहरुलाई मात्र उपलब्ध गराउँछ ।
सात महिने बालक अरुण श्रेष्ठ, दुई वर्षीया आसिका श्रेष्ठ, पाँच वर्षीया होमकुमार श्रेष्ठ र छ वर्षका निर्मल श्रेष्ठलाई सुई लगाइएको हो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१