गजल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३० भाद्र २०७२, बुधबार १९:४६

kapil gyawaliतिज आयो माईतिघर आउंदिनौ र दिदी ?
चुरा पोते सारी श्रीफुल लाउंदिनौ र दिदी ?
चेलिबेटी बटुल्ने यो चाड आयो हेर ,
सधै घर छुिट्ट कैले पाउदीनौ र दिदी ?
अघिपछि आफै ब्यस्त हुनुपर्छ हेर
मनराख्न माईतीको धाउंदिनौ र दिदी ?
चौतारीमा चेलीबेटी छमछमी नाच्दाखेरी
गीत बनाई बेदनाका गाउंदिनौ र दिदी ?
आउने जाने चहलपहल अघिपछि भन्दा
तिमी किन एकान्तमा रमाउंदिनौ र दिदी ?
कपिल ज्ञवाली ‘जिज्ञासु’/ बुटवल,रुपन्देही ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०