रौतहटको गेडहीगुठी गाबिस खुला दिशामुक्त घोषणा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७१, शुक्रबार १६:१९

प्रविण अग्रवाल/रौतहट २३ जेठ  ।
रौतहटको गेडहीगुठी गाबिस विधिवतरुपले खुला दिशामुक्त घोषणा भएको छ । जिल्लामै जुडिबेला गाविस पछी बिहिवार माबी गेडहीगुठीको प्रांगनमा अयोजित एक बिषेश समारोह बिच गेडहीगुठी गाबिसलाइ खुलादिशा मुक्त घोणणा गरीएको हो । कार्यक्रमका प्रमुख अतिथि रौतहट क्षेत्र नम्बर ४ का सभासद सत्यनारायण भगतले गेडहीगुठीलाइ दिशामुक्त पछी दुर्गन्धमुक्त बनाउन प्रतिबद्धता ब्यक्त गरेका छन । श्रीराम शुगर मिलले गेडहीगुठी स्थित चान्दनी नदीमा फोहर बगाउन बनाएको नाला बन्द गराउन सदन देखी सडक सम्म आन्दोलन गर्ने सभासद भगतले चेतावनी दिएका छन । karyakram (1)मिलको नाला बन्द नभएसम्म गेडहीगुठी दुर्गन्धमुक्त नहुने भएको भन्दै उक्त कार्यमा खुलेर साथदिन सभासद भगतले स्थानियहरुलाइ अनुरोध गरेका छन । कार्यक्रमका अर्का अतिथि रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले खुलादिशा मुक्त घोषणा पछी घरघरमा निर्माण भएको शौचालय प्रयोग गर्न अनुरोध गरेका छन । शौचालय प्रयोग नभएमा घोषणको कुनै औचित्य नहुने टिपन्णी गर्दै प्रजिअ भुजेलले खुलादिशा मुक्त घोषणा गराउन सहयोग गरेका सबैलाइ धन्यबाद दिएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१