कपिलवस्तुमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गा.वि.स. संख्या १७ पुग्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७१, शुक्रबार १५:५२

दीपक अनुरागी आचार्य/कपिलवस्तु, २३ जेठ  ।
जिल्लाको जयनगर लाई खुला दिसामुक्त गाविस घोषणासँगै जिल्लामा खुला दिसामुक्त गाविस संख्या १७ पुगेको छ । साविक ७७ गाविस र १ नगरपालिका रहेको जिल्लामा जयनगर गाविससँगै खुल्ला दिसामुक्त घोषणा संख्या १७ पुगेको हो । सन् २०१५ सम्म सिंगो जिल्लालाई खुला दिसामुक्त बनाउने अभियान अन्तर्गत यसअघि जिल्लामा १६ गाविस खुला दिसामुक्त गाविस घोषणा भइसकेको जिल्ला खानेपानी तथा सरसरफाई स्वच्छता समन्वय समिति संयोजक तथा स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिए ।download
जिल्लामै पहिलो गुगौलीलाई खुला दिसामुक्त गाविस घोषणाको शुरुवातसँगै महेन्द्रकोट, खुरुहुरिया, कोपवा, बाणगंगा, शिवगढी, सिसवा, बरकुलपुर, मोतीपुर, भलवाड, दुविया, हरिहरपुर, पटना, हथौसा र बरईपुर गाविस खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् । भने यही जेठ २४ गते राजपुरलाई १८ औं र जेठ २८ गते बुड्ढी गाविसलाई १९औं खुला दिसामुक्त गाविस घोषणाको तयारी अन्तिम चरणमा पुगेको जिल्ला वास प्रशिक्षक थानेश्वर अधिकारीले बताए ।
विश्व वातावरण दिवस तथा १५औं राष्ट्रिय सरसफाई सप्ताहको अवसर पारेर जयनगर गाविसलाई विहीबार गोरुसिंगेमा आयोजित भव्य समारोहबीच १७औं खुला दिसामुक्त गाविस घोषणा गरिएको गाविस सचिव कृष्णप्रसाद गौतमले बताए । सन् २०१५ सम्मभित्र जिल्लालाई खुल्ला दिशामुक्त गर्ने अभियानमा हातेमालो गर्दै जयनगर नमूना गाविसका प्रत्येक घरमा शौचालय निर्माण र गाविसबासीमा सरसफाई र आनीबानीमा परिवर्तनपछि खुल्ला दिसामुक्त घोषणाको सूचीमा परेको गाविस सचिव गौतमले जनाए । जिल्ला खानेपानी तथा सरसरफाई स्वच्छता समन्वय समिति संयोजक तथा स्थानीय विकास अधिकारी रामप्रसाद पाण्डेले जयनगरलाई १७औं खुल्ला दिशामुक्त गाविस घोषणा गरेका हुन ।
कार्यक्रममा प्रमुख अतिथि एवं क्षेत्र नम्बर १ का सभासद बलराम अधिकारीले समयसीमाभित्र अभियानलाई सफल बनाउन गाविसबासीले खेलेको भूमिका अतुलनीय रहेको औल्याए । सभासद अधिकारीले क्षेत्र नं. १ खुल्ला दिसामुक्त अभियानमा जिल्लामै पहिलो स्थान ओगट्न सफल भएको दाबी गरे । खुला दिसामुक्त घोषणा वापत समारोहकै अवसरमा जिविसद्वारा जयनगर गाविसलाई पुरस्कार स्वरुप ५० हजार नगद प्रदान गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१