बाजुरामा पखालाका बिरामी बढे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७१, शुक्रबार ११:२८

बाजुरा,२३ जेठ । गर्मी बढेसँगै जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा आउने बिरामीको सङ्ख्यामा बढ्न थालेका छन् ।दैनिक २० देखि २५ जना बिरामीले आकस्मिक सेवा लिइरहेका छन् । दैनिक ७० भन्दा बढी आउने बिरामीमध्ये २० देखि २५ जना पखालाको भएको जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सक दोस्ती रेग्मीले जानकारी दिए ।केही दिनयता जिल्लाका अधिकांश गाविसमा पखालाका बिरामी बढेका छन् । बिरामी धेरै हुनेमा पाण्डुसैन, बूढीगङ्गा र मार्तडी गाविस रहेको बताइएको छ । खानेपानीका स्रोतहरु प्रदूषित र फोहर भएकै कारण बिरामी बढेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र दवाडीले बताए ।मौसम परिर्वतनको समय भएकाले पखाला चल्ने, ज्वरो आउने, टाउको दुख्ने बिरामीका साथै प्रसूति सेवा लिनेजस्ता बिरामीको चाप अहिले हृवात्तै बढेको छ ।गर्मी मौसममा बासी तथा सडेगलेको खाना खाने र दूषित पानीको प्रयोग गर्नाले पनि पखाला लाग्ने गरेको चिकित्सक रेग्मीको भनाइ छ । व्यक्तिगत तथा सामाजिक स्वास्थ्यमा ध्यान दिए यस्ता बिरामीको सङ्ख्यामा कमी आउने अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख ५, २०८१