शिक्षकको कुटाइबाट ५ कक्षाका १२ विद्यार्थी घाइते

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ जेष्ठ २०७१, शुक्रबार ०५:४९

पाल्पा ,२३ जेठ । पाल्पाको खानीगाउँ माविका शिक्षकले कक्षा ५ का विद्यार्थीलाई लाइन लगाएर निर्घात कुटेपछि तानसेन अस्पतालमा उपचार गराउनु परेको छ । पाल्पाको खानीगाउँ माविका गणित शिक्षक रामप्रसाद गैरेले कक्षा ५ का १२ जना विद्यार्थीलाई गृहकार्य नगरेको निहुँमा लाइन लगाएर निर्घात कुटेपछि विद्यार्थीहरु घाइते भएका छन् । कुटाइबाट घाइते भएका विद्यार्थीलाई तानसेन अस्पतालमा उपचार गरिएको छ भने अभिभावकले जिल्ला प्रहरी कार्यालयमा शिक्षक विरुद्ध उजुरी दिएका छन् ।10342394_1609601902598981_3375525247784150853_n
घाइते विद्यार्थीका शरिरका बिभिन्न भागमा निलडाम परेको छ भने एकजना घाइते दिलिप विकको अनुहार सुन्निएर आँखासमेत उघार्न नमिल्ने भएको छ ।

प्रधानाध्यापकले पनि कुटे
पाल्पाकै सरस्वती माबि सुन्दरगाउँका प्रध्यानाध्यापक शंकर पौडेलले कक्षा १० का प्रकास सुनारलाई कुटपिट गरेका छन् ।
कक्षा शुरु हुनुअघि प्रार्थनाको लाईन लागेका बेला प्रधानाध्यापकले सर्टको मथिल्लो टाँक बन्द गर्न भनेको र त्यसपछि आफुलाई निर्घात कुटेको बिधार्थी सुनारले बताए ।
२१ जेठमा कुटाइ खाएका विद्यार्थीहरु उठ्नै नसक्ने गरी थला परेपछि अभिभाबकहरुले २२ जेठमा तानसेनमा ल्याएर उपचार गराएका छन् ।
घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१