रोल्पामा अब ‘शब्दसारथि’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ भाद्र २०७२, सोमबार १२:०९

नवीन लोचनमगर
रोल्पा जिल्लामा पहिलो पटक दर्तासहितको साहित्यिक त्रैमासिक पत्रिका थालनी गरिएको छ । सदरमुकाम लिबाङमा शनिबार आयोजित एक कार्यक्रममा “शब्दसारथि” साहित्यिक पत्रिकाको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले लोकार्पण गरे । लोकार्पणपछि शुभकामना मन्तव्य दिँदै प्रजिअ शर्माले साहित्यले समाजलाई दिशा निर्देश गर्ने भएकोले समाज परिवर्तनका निम्ति कलम चल्नुपर्ने बताए । साथै उनले संक्रमणकालीन अवस्थामा सामाजिक सद्भाव कायम राख्नका लागि पनि कलमको महत्वपूर्ण भूमिका रहने भएकोले त्यसतर्फ अग्रसर हुन आग्रह समेत गरे ।
त्यस्तै कार्यक्रममा राजनीतिक दलका तर्फबाट बोल्दै एकीकृत नेकपा माओवादीका जिल्ला सचिव पुरण क्षेत्रीले “शब्दसारथि”मा सबै किसिमका विचार, भावना समेटिएको उल्लेख गरे । राजनीतिक आस्थाका हिसावले सबैलाई पत्रिकामा समेटिएकोले पनि शब्दसारथि उत्कृष्ट रहेको बताए ।
पत्रिकाको समीक्षा गर्दै साहित्यकार खेम बुढामगरले आवरणकला देखि साजसज्जा उत्कृष्ट रहेको बताए । पत्रिका लोकार्पण ठूलो कुरा हुँदाहुँदै पनि त्यो भन्दा ठूलो र चुनौतीपूर्ण कार्य निरन्तरता रहेको बुढाले बताए । कार्यक्रममा राप्ती साहित्य परिषद्का सचिव रमेश सुवेदी, जिल्लाका साहित्यिक संघसंस्थाका तर्फबाट मोहन सहयात्री, गैरसरकारी संस्था महासंघका उपाध्यक्ष दिनेश सुवेदी, नेपाल पत्रकार महासंघ रोल्पाका सचिव इश्वरी जिएम, पत्रकार काशीराम डाँगी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सम्पादक डी.बी. टुहुरोले सहभागिलाई स्वागत गर्नुका साथै पत्रिकाको बारेमा बोलेका थिए ।
ललित साहित्य परिषद् रोल्पाद्वारा प्रकाशन आरम्भ गरिएको उक्त पत्रिकाको मुद्रण शब्दघर छापाखाना काठमाडौंबाट गरिएको छ । पत्रिकामा तीनवटा समीक्षा÷समालोचना, १८ वटा कविता, २६ वटा गजल÷गीत÷मुक्तक÷ताङ्का÷हाइकु, ५ वटा कथा÷लघुकथा÷संस्मरण, व्यक्तित्व, संस्था परिचय र साहित्यिक व्यक्तित्व कुलानन्द गिरीसँगको अन्तर्वार्ता समावेश गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१