लुम्विनीमा वृक्षारोपणको नयां अभ्यास

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ जेष्ठ २०७१, बिहीबार १८:१८

कपिल ज्ञवाली

बुटवल,२२ जेठ – बुद्ध जन्मस्थल लुम्विनीमा वृक्षरोपणको नयां अभ्याससुरु गरिएको छ । रोयल थाई मोनास्ट्रिले बुटवल – बेलहिया व्यापारिक सडक विस्तार गर्दा कटान गरेका रुखहरु लुम्बिनीमा लगेर वृक्षारोपण गरी नयां अभ्यास सुरु गरिएको हो । वातावरणलाई संरक्षण गरी लुम्बिनीलाई हरियाली उद्वेश्यले रोयल थाई मोनास्ट्रिले नयां अभ्यास सुरु थालेको जनाएको छ  । सडक विस्तारका क्रममा काटिएका  र काटिनुपर्ने वर, पिपल र स्वामीका ठूला–ठूला रुखहरु लुम्बिनीको थाई मोनास्ट्रीको बगैचा, कुदान र तिलौराकोटमा स्तान्तरण गरिएको छ । स्वामीका  सडक निर्माणका क्रममा हटाउनुपर्ने रुखहरुमध्ये  गत वर्ष ६ वटा र यस वर्ष ३० वटा वर,पिपल र स्वामीका रुखहरु ती स्थानमा लगी रोपिएको छ । क्रेन र भ्याकुको सहयोगमा सडक किनाराबाट उखलेर रोपिएका सबै रुखहरु हरियाली बनेका छन् । विश्व वातावरण दिवसको अवसरमा बिहीबार मिडिया रिसर्च नेटवर्ककको आयोजना, जिल्ला वन कार्यालय रुपन्देही र जिल्ला भू– संरक्षण कार्यालय रुपन्देहीको सहयोगमा लुम्विनीमा गरिएको वृक्षरोपणको नयां अभ्यासको अवलोकन गर्नुका साथै अन्तरक्रिया सम्पन्न भएको छ । थाई मोनास्ट्रीको विशेष आग्रहमा वृक्षरोपणको नयां अभ्यासको अवलोकन भ्रमण र अन्तरक्रियाको आयोजना गरिएको हो । रुपन्देहीमा क्रियाशील पत्रकारहरु, वन कार्यालय, जिल्ला भू– संरक्षण कार्यालय रुपन्देहीका प्रमुख तथा प्रतिनिधि र रुपन्देहीका विभिन्न सामुदायिक वन समूहका प्रतिनिधिहरुले  वृक्षरोपण नयां अभ्यासको अवलोकन गरेका थिए । अवलोकन भ्रमणपछि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाहरुले वृक्षरोपणको नयां अभ्यासले राखी लुम्बिनीलाई हराभरा र हरियाली बनाउनुका साथै वातावरणलाई सन्तुलनमा राख्न सक्ने बताएका छन् । लुम्बिनीमा गरिएको यो नयां अभ्यासलाई अन्य स्थानहरुमा  पनि अभ्यासको थालनी गर्नुपर्नेमा जोड दिएका थिए । यो अभ्यास  नेपालको लागि पहिलो र नयां भएकाले अभ्यासलाई सफल पार्नका देशभर सचेतना अभियान सञ्चालन गर्नुपर्ने उनीहरुले बताए । वन विभागका उप–महा निर्देशक प्रकाश प्याकुरेलले लुम्निीमा गरिएको नयां अभ्यासलाई सवै जिल्लामा पुराउन सकिएमा वन संरक्षण गर्न सकिने बताउनुभयो । लुम्विनी विकास कोषका सदस्य सचिव अजितमान  तामाङ्कले गुरु योजनासंगै लुम्विनीमा लगाईएका वर पिपल र स्वामीका रुख जोगाउन सके लुम्बिनीलाई थप हरियाली बनाउन सकिने बताउनुभयो । जिल्ला भु संरक्षण कार्यालय रुपन्देहीका प्रमुख आन्नद घिमिरेले सडक विस्तारका क्रममा काटिएका रुखहरु अन्य स्थानमा लगेर रोपी जोगाउन सकेमा  भ–ुक्षय हुनबाट पनि जोगाउन सकिने बताउनुभयो । पश्चिमाञ्च क्षेत्रीय वन निर्देशनालयका प्रमुख डा.अखिलेस्वर कर्णले लुम्विनीमा गरिएको नयां अभ्यासले  नीती निर्माण तहमा नीती बनाउनका लागी नुमुना हुने बताउनुभयो । थाई मोनास्टीका भिक्षु सुवोद भन्तेले  भगवान वुद्धको जन्म ज्ञान हासिल, र मृत्यु रुख कै फेदमा भएकाले लुम्विनीमा रुख रोप्ने अभियानलाई जोड दिएको बताउनुभयो ।जिल्ला वन कार्यालय रुपन्देहीका प्रमुख दीपक ज्ञवालीले रुपन्देहीका सडक र बजारलाई हरियाली बनाउन जिल्ला वन कार्यालय प्रतिवद्व रहेको बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१