केटी जिस्क्याएको विषयमा क्याम्पसमा तनाव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ जेष्ठ २०७१, बिहीबार १७:५७

पोखरा, २२  जेठ ।क्याम्पसमा केटी जिस्क्याएको बिषयमा  पोखरा लामाचौरको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा शुरु भएको विवादले उग्ररुप लिएको छ ।
बुधबार साँझ छात्रावासमा बसेकी युवतीलाई क्याम्पसकै छात्रहरुले जिस्क्याएको भन्दै क्याम्पस प्रशासनमा उजुरी परेपछि विवाद चर्किएको हो ।
क्याम्पस प्रशासनले छात्रालाई दुर्ब्यवहार गर्ने ३ जना छात्रमाथि कारबाही गर्ने बताएपछि विरोधमा उत्रिएका छात्रहरुले बिहीबार क्याम्पसको पुस्तकालय, छात्रावास, प्रशासन, कक्षाकोठामा तोडफोड गरेका छन् । तोडफोडबाट क्याम्पसमा लाखौं मूल्य बराबरको क्षति भएको क्याम्पस प्रशासनले जनाएको छ ।pokhara-engineering-college-1
छात्राहरु दुर्ब्यवहार गर्ने छात्रमाथि कारवाहीको माग गर्दै विरोधमा उत्रिएका छन् भने छात्रहरु सामान्य बोलचाललाई नराम्रो सम्झेर उजुरी गरेको भन्दै आक्रोशित भएका छन् ।
छात्राहरुले दुर्ब्यवहार गर्नेलाई कारवाही हुनैपर्ने अडान लिएका र छात्रहरुले विना गल्ती कारवाही गर्न नहुने बताएका विद्यार्थी राजीव रिमालले बताउनुभयो । छात्रहरुले क्याम्पसमा तोडफोड गरेपछि अहिले क्याम्पस परिसरमा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाबारे विद्यार्थी र क्याम्पस प्रशासनबिच छलफल भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०