भर्ना भएपनि विद्यालय जाँदैनन् वादी बालबालिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ जेष्ठ २०७१, बिहीबार ११:१८

जाजरकोट ,२२ जेठ । जाजरकोट खगेनकोट(१ दल्लीस्थित नलसिंहगाड खोलामा बस्दै १२ वर्षकी नरे वादी स्थानीय त्रिभुवन प्राथमिक विद्यालयको ४ कक्षामा नाम लेखाएका छन् तर उनी विद्यालय जाँदैनन् ।उनी विद्यालय समयमा खोलामा माछा मार्न व्यस्त हुन्छन् । उनका बुबा पनि माछा मारेरै परिवारको गुजरा चलाउँदै आएका छन् । बुबाको सिको गर्दै उनी पनि स्थानीय नलगाड खोलामा पासा हालेर माछा मार्न दिनभर व्यस्त हुन्छन् । ४ कक्षामा पढ्ने उनी आफ्नो नामसमेत लेख्न जाँदैनन् तर विद्यालय नगए पनि, नपढे पनि उद्धार कक्षान्नोतिका कारण उनी उत्तीर्ण भने भइरहेका छन् । उनको नाममा आएको दलित छात्रवृत्तिसमेत नियमित पाइरहेका छन् ।उनी मात्र होइन नलसिंहगाड खोलामा बस्दै आएका १९ घर वादी परिवारका ६० जना भन्दा बालबालिकाको अवस्था नरेको जस्तै हो । उनीहरुलाई अभिभावकले भर्ना गरिदिन्छन् । बढ्न जानका लागि आग्रह गर्छन् । कापी, कलम र डे्रसको जोहो पनि गरिदिन्छन् तर विद्यालय जान मान्दै मान्दैनन् स्थानीय डिले वादीले भने(”आफ्नो समुदायमा पढेलेखेको कोही नभएका कारण बालबालिकाले पढ्ने मनै गर्दैनन् ।”उनीहरुको घरनजिकै कालीमाटी बजार छ । माछा मार्ने बित्तिकै बजारमा लिएर ३ सय रुपैयाँ किलो बिक्री गर्छौं । मन लागेको कुरा किनेर खान्छौं, बचेपछि आमाबुबालाई दिन्छौँ ११ वर्षका हीरा वादीले दुःख गरेर पढे पनि जागिर पाइँदैन, आखिर माछा मार्नैपर्ने हो ।वादी समुदायका एकजना पनि एसएलसीसम्म पुग्नै सकेका छैनन् । विद्यालय पठाउँछौँ तर ५ कक्षा नपुग्दै बीचैमा छोड्छन् पढनै मान्दैनन् स्थानीय अभिभावक गङ्गा वादीले भनिन्(”पढ्नुभन्दा माछा मारेर पैसा कमाउने रहर मान्छन् केटाकेटीले । पढ्न पठाए पनि विद्यालयबाटै भागेर आइहाल्छन् ।”आफ्ना छोराछोरी पढाउने ठूलो रहर छ तर पढाउनै सकिँदैन के गर्ने हजुर गङ्गाले भनिन् । न बाबाले पढे न बाजेले पढे यी केटाकेटीले त पढ्लान् भनेको पढ्नै मान्दैनन् ।जति प्रयास गर्दा पनि विद्यालयमा टिकाइराख्न नसकिएको, पढ्नुपर्छ पढेर ठूलो मान्छे भइन्छ भनेर बालबालिका र अभिभावक दुवैलाई सम्झाउँदा पनि केही सीप नलागेको स्थानीय शिक्षक लक्ष्मण सिंहको भनाइ छ ।गरिबीका कारण अत्यन्तै पछि परेको अल्पसङ्ख्यक वादी समुदायका बालबालिकालाई विद्यालयको पहुँचसम्म पुर्‍याउन सरकारले विशेष कार्यक्रम अघि सारे पनि ती बालबालिकालाई त्यो कार्यक्रमले छुन सकेको छैन । रासस( क्भभ mयचभ बतस् जततउस्ररधधध।यलष्लिभपजबदबच।अयmरद्दण्ज्ञद्धरण्टरद्दण्ठघण्ठर३कतजबकज।धपधभद्यढद्धत्र।मउगा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१