राष्ट्रव्यापी युवा कविता प्रतियोगिता सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ भाद्र २०७२, आईतवार ११:०६

माधव अधिकारी
काठमाडौं। विमर्श नेपालको संयोजनमा बुकआर्ट नेपाल र रिडमोर पब्लिकेशनद्वारा आयोजित १९ देखि ३० वर्ष उमेरका युवा कविहरूबीचको प्रतियोगितामा भोजपुरका सूरज सुवेदीका “पुल” शीर्षकको कविता प्रथम भएको छ । कविहरू दिनेश अधिकारी र श्रवण मुकारुङ तथा समालोचक डा. ज्ञानु पाण्डे निर्णयक रहेको उक्त प्रतियोगितामा इलाममा महेश बराल र रुकुमका समिर गौतम क्रमशः द्वितीय र तृतीय भएका छन् । दाङ्का नवीन अभिलाशी र कैलालीका विकास थापाले सान्त्वना पुरस्कार जितेका छन् । विजयीमा, प्रथमले बीस हजार, द्वितीयले पन्ध्र हजार, तृतीयले दस हजार र सान्त्वना पुरस्कार विजेताले जनही पाँच पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । पैैतालीस जिल्लाबाट प्राप्त ८३ कविताका बीच सम्पन्न यस प्रतियोगिताका उत्कष्ट २५ कविले कार्यक्रममा आफ्ना कविता सुनाए । ती सबै कविता पुस्तक आकारमा प्रकाशन गर्ने बुकआर्ट नेपालले जनाएको छ ।
कार्यक्रममा अतिथि कविको रुपमा दिनेश अधिकारी, श्रवण मुकारुङ्, नवराज लमसाल र राजकुमार बराले पनि कविता सुनाएका थिए भने गायिका कोमल वलीले गीत सुनाएकी थिइन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१