नायिका रेखाले सार्वजनिक गरिन् पौड्यालको तादी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ भाद्र २०७२, आईतवार ११:०४

माधव अधिकारी
काठमाडौं – साहित्यकार महेश पौड्यालको उपन्यास तादी किनारको गीतलाई नायिका रेखा थापाले शनिवार राजधानीमा सार्वजनिक गरेकी छिन् । गोठाले किशोर साहित्य पाण्डुलिपि पुरस्कार जितेको पुस्तकलाई बुकआर्ट नेपालले बजारमा ल्याएको हो । काठमाडौँका भृकुटीमण्डपमा चलिरहेको अन्तर्राष्ट्रिय पुस्तक मेलाका थापाले कृतिको लोकार्पण गर्दै लेखक पौड्याललाई बधाई तथा शुभकामना दिइन् । कृतिका बारेमा युवा लेखक गणेश ढुङ्गाना र समालोचक राजकुमार बरालले टिप्पणी गरेका थिए । ढुङ्गानाले कृति किशोरहरूको मनोविज्ञान समाउन सफल भएको बनाए भने बरालले कृति सबाल्टर्न अध्ययनमा एक नयाँ पाइलो बताए । उपन्यासले काभ्रे, सिन्धुपाल्चोक र नुवाकोटमा माझीको संघर्ष र रुपान्तरणको कथा बोकेको छ र बालविवाहको प्रचलनले बालबालिका र किशोरकिशोरीमा पर्ने शारीरिक र मनोविज्ञानिक असरलाई खोतलेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१